बालबालिकाको पोषण लेखाजोखाका लागि नाप जाँच अभियान


कमल शर्मा
दैलेख : दैलेख जिल्लाका पाँच पालिकामा ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकाको पोषण अवस्थाको वास्तविक लेखाजोखा गर्न पहिलो पटक नाप जाँच अभियान सुरु गरिएको छ । बालबालिकाको उमेर अनुसार तौल, उचाइ र पाखुराको माथिल्लो घेराइ मापन गरी पोषण स्थिति पत्ता लगाउने उद्देश्यले एभरेस्ट क्लबद्वारा सञ्चालित पोषण परियोजना मार्फत जिल्ला स्वास्थ्य सेवा कार्यालय र स्थानीय तहको समन्वयमा अभियान सञ्चालन गरिएको हो ।
ठाटिकाँध गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रवीन्द्र भण्डारीले पोषणको अवस्थाको लेखाजोखा गर्न स्वास्थ्यकर्मीहरू लाई आवश्यक तालीम प्रदान गरिएको र प्रत्येक टोल–समुदायमा पुगेर बालबालिकाको पोषण लेखाजोखा गरिने तयारी भइरहेको बताउनुभयो । उहाँले प्रत्येक टोलमा स्वास्थ्यकर्मी पुगेर पोषणको लेखा जोखा गर्नेछन ।
एभरेस्ट क्लब दैलेखका पोषण तथा स्वास्थ्य अधिकृत नेत्रजङ्ग शाहीलेले जिल्लाका “गुराँस गाउँपालिका, आठबिस नगरपालिका, ठाटिकाँध गाउँपालिका, डुगेश्वर गाउँपालिका र भगवतीमाई गाउँपालिकामा सुरु गरिएको नाप जाँच अभियानबाट कुपोषणको अवस्था, जोखिम समूहको पहिचान, उपचार र व्यवस्थापन साथै पालिका स्तरको पोषण प्रोफाइल निर्माण हुने बताउनुभयो । उहाँले पोषण प्रोफाइल निर्माण भएपछि स्थानीय तहलाई बालबालिकाको स्वास्थ्य क्षेत्रलाई प्रथामिकता दिएर बजेट विनियोजन गरी त्यस क्षेत्रका लागी नीति तथा कार्यक्रम निर्माणमा टेवा पुग्नेछ ।
ठाटिकाँध गाउँपालिकाका अध्यक्ष रक्ष बहादुर शाहले पोषण अवस्थाका लेखाजोखाका लागी स्वास्थ्यकर्मी प्रत्येक टोल समुदायमा पुग्ने र वास्तविक प्रतिवेदन आउनेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो वडा–वडामा पुगेर छ महिना देखी पाँच वर्ष उमेर समूहका बालबालिका,सुत्केरी र गर्भवती महिलाको पोषणको अवस्था पत्ता लाग्नेछ । कुपोषणको जोखिममा रहेका बालबालिका र महिलालाई तत्काल पोषण परामर्श दिइने र आवश्यक परे थप उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा समेत पठाउन गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष शाहको भनाइछ ।
अध्यक्ष शाहका अनुसार गरिबी, खाद्य असुरक्षा, पोषिलो आहारको अभाव, सरसफाइ तथा चेतनाको कमीका कारण कुपोषण अझै प्रमुख चुनौतीका रूपमा रहेको बताउँदै पहिलो पटक गरिएको यो नाप जाँचले वास्तविक अवस्था उजागर गर्ने र दीर्घकालीन समाधानका उपाय तय गर्न सहयोग पु¥याउनेछ जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डाक्टर मनोज विश्वकर्माले अहिले जिल्लाका पाँच वटा पालिकाहरूमा भइरहेको पोषण अवस्थाको लेखाजोखाका लागी नाप जाँच अभियान अन्य पालिकाहरूमा समेत सञ्चालन गर्नु पर्ने बताउनुभयो ।
उहाँले अभियानले बालबालिकाको पोषण सुधार, दीर्घकालीन स्वास्थ्य योजना र नीति निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याउने भएकाले त्यसका लागी स्थानीय तह समेत जिम्मेवार भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो यो अभियानले बालबालिका मात्र नभएर गर्भवती तथा सुत्केरी महिलाको तौल, पोषण अवस्था र रक्त अल्पता सम्बन्धी जोखिमसमेत मूल्याङ्कन गर्नेछ ।

