छोरीको कुटपीटबाट बुवाको मृत्यु


दैलेख : दैलेखमा आफ्नै छोरीको कुटपीट बाट बुवाको मुत्यु भएको छ । दैलेखको नौमुले गाउँपालिका –५ गजमाली भन्ने स्थानमा २७ वर्षिय छोरी तिर्सना राम्जालीको कुटपीट बाट ६५ वर्षीय बुवा धन बहादुर राम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख गणेशबहादुर बरालले बिवाहित छुटपत्र भएर माइत बसेकी छोरीले मदिरा सेवन गरी काठको चिरपटले हानेर घाइते बनाएको र उपचारका प्रथामिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिनुभयो । उहाँले प्रहरी निरीक्षक राजकुरमा थापाको कमाण्डमा खटिगएको टोलीले छोरी तिर्सना राम्जालीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो नौमुलेमा शव पोष्टम्याटर्म गर्ने व्यवस्था नभएका कारण शव पोष्टम्याटमका जिल्ला अस्पताल दैलेमा ल्याइएको छ । पोष्टम्यार्टम पछि परिवारलाई शव बुझाने तयारी समेत गरिरहेको बताइएको छ ।

