दैलेख एमालेमा महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनोट


दैलेख : नेकपा एमालेको ११औं महाधिवेशनका लागि दैलेखमा २० जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिएको छ । १३ मंसिरमा नै प्रतिनिधि छनोट हुनुपर्ने भए पनि सर्वसहमतिको प्रयास गर्दा आज दिउँसो मात्र प्रतिनिधि टुंगो लागेको हो ।
नेकपा एमाले दैलेखका अध्यक्ष सुर्यवहादुर शाहीका अनुसार दैलेख १ बाट रविन्द्रराज शर्मा, प्रेमबहादुर थापा, नैनसिंह खत्री र हिमालयजंग शाह खुल्ला तर्फ महाधिबेशन प्रतिनिधिमा चयन भएका छन् । महिला तर्फ तप्ता थापा, लक्ष्मी कुमारी कार्की र खगिसरा वि सी युवातर्फ जनक प्रसाद न्यौपाने र दलिततर्फ पार्वती विशुन्के र सशिराम विश्वकर्मा सर्वसम्मत चयन हुनुभएको ।
यस्तै दैलेख निर्वाचन क्षेत्र नः २ बाट जिल्ला अध्यक्ष सुर्यवहादुर शाही, रुद्रवहादुर शाही, धीरवहादुर शाही र तिलक रिजाल खुल्ला तर्फ सर्वसम्मत महाधिवेशन प्रतिनिधी चयन हुनुभएको छ । महिला तर्फ विष्णु थापा, कल्पना थापा र नन्दा आचार्य तथा युवा तर्फ शुसिल थापा र दलित तर्फ हिक्मत वि.क र गमता वि.क प्रतिनिधि चयन हुनुभएको छ । महाधिबेशनमा जाने महाधिबेशन प्रतिनिधि छनोट प्रक्रिया राम्रो नभएको भन्दै अधिकाँस नेताहरुले त्यसको बिरोध गरेका छन ।

