जेसीज सप्ताह २०२५ अभियान सुरु

दैलेख : दैलेख जेसीजले जेसीज सप्ताह २०२५ को अभियान सुरु गरेको छ । जेसीज सप्ताह सम्बन्धी जानकारी दिन जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा सप्ताह अभियान सुरु गरिएको जानकारी गराइएको छ । दैलेख जेसीज २०२५ अध्यक्ष प्रतिमा खड्काले दिनुभएको जानकारी अनुसार मंसिर ७ गते विहान ८ बजे दैलेख टेक्निकल स्कूलमा डा। प्रयास विक्रम सिजापतिले एचआईभीएड्स सम्वन्धी सचेतना सहजीकरण गर्ने र विहान १० बजे रामपुरस्थिर राधाकृष्ण मन्दिर सरसफाई कार्यक्रम र अपरान्ह ४ बजे जिल्ला प्रहरी कार्यालय दैलेखलाई सरसफाई सामग्री हस्तान्तरण गर्ने योजना छ ।
मङ्सिर ८ गते विहान ११ बजे रेडक्रस मावि भूर्तीमा सुस्त श्रवण स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने, दिउँसो १ बजे त्रिभुवन मावि दैलेख बजारमा साइबर अपराध सचेतना कार्यक्रम, मंसिर ९ गते विहान ९ बजे देवकोटा चोक ट्राफिक सचेतना र दिउँसो १ बजे दिपशिशु आवि सिमाडाका ५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम राखिएको छ ।


