मापदण्ड बिनै दुई करोड खर्च


कमल शर्मा
दैलेख : सरकारी बजेट खर्च गर्दा गाउँपालिका तथा नगरपालिकाले आन्तरिक आयको परिधिभित्र रहेर खर्चको मापदण्ड तयार गरी विविध खर्च गर्ने पाउँने कानुनी व्यबस्था भएपनि जिल्लाका स्थानीय सरकारले आन्तरिक आयको परिधि र खर्चको मापदण्ड बिपरित करोड रुपियाँ खर्च गरेका छन । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७१ मा आन्तरिक आयको परिधिभित्ररहि औचित्यताका आधारमा खर्चको मापदण्ड तयार पारी खर्च गर्न सक्ने भएपनि खर्चको मापदण्ड तयार खर्च गर्नुपाउने ब्यबस्थाको खिल्ली उडाउँदै नियम विपरित करोड रुपियाँ खर्च गरेको महालेखाको प्रतिबेदन २०८१मा उल्लेख गरिएको छ ।
महालेखाको प्रतिबेदनमा भनिएको छ स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७१ बमोजीम आन्तरिक आयको परिधिभित्र रही औचित्यको आधारमा विविध खर्च गर्ने पर्ने ब्यस्था भएपनि जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले वडा कार्यलयको समेत खर्चलाई विविध खर्च शिर्षक बाट ३१ लाख ६६ हजार ४९५ गरेको छ । विविध खर्चको मापदण्ड तयार गरी यस्तो खर्च नियमन गर्न आवश्यक देखिन्छ ।
जिल्लाको नारायण नगरपालिकाले विबिध खर्चमा ९२ लाख ४९ हजार रुपियाँ खर्च गरेको छ । जिल्लाको पुरानो नगरपालिका भएपनि आन्तरिक आम्दानी कति उठ्छ र त्यसका आधार कति खर्च गर्ने भन्ने मापदण्ड समेत नबनाएर उक्त रकम खर्च गरेको छ । साथै महालेखाले प्रतिबेदनमा भनेको छ स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७८ मा नगरपालिकाले आन्तरिक नियन्त्रण प्रणाली तयार गरी लागु गर्ने व्यवस्था छ तर नगरपालिकाले त्यस्तो प्रणाली तयार गरी लागु गरेको पाइएन । जसले गर्दा आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको र सो माथी विश्स्त हुने सक्ने अबस्था छैन ।
जिल्लाको दुल्लु नगरपालिकाले विविध खर्चमा ११ लाख ९१ हजार,आठबिस नगरपालिकाले २५ लाख ९४ हजार रुपियाँ खर्च गरेका छन । त्यस्तै ठाटिकाँध गाउँपालिकाले १७ लाख २७ हजार,भैरवी गाउँपालिकालेख ५० लाख ६२ हजार ३५०, नौमुले गाउँपालिकाले ६ लाख ७८ हजार,भगवतीमाई गाउँपालिकाले १७ लाख ६० हजार,डुगेश्वर गाउँपालिकाले १२ लाख,गुराँस गाउँपालिकाले १६ लाख ३ हजार रुपियाँ खर्च गरेका छन ।
सरकारी खर्चको मापदण्ड,कार्यबिधि,मितब्ययिता सम्बन्धि निर्देशिका जस्ता कानुन प्रदेश सरकार वा संघिय सरकार संग नबाझिने,स्थानीय तहले निर्माण नगरुन्जेल त्यही कार्यविधि लागु गर्न सकिने र त्यसका आधारमा बजेट खर्च गर्न सक्ने भएपनि त्यस्ता कानुन निर्माण तर्फ स्थानीय सरकार उदासिन देखिएको महालेखाको प्रतिबेदनमा उल्लेख छ । प्रतिबेदनमा भनिएको छ स्थानीय तहले सरकारी रकम खर्च गर्दा आन्तरिक नियन्त्रण प्रणालीलाई तोकिए बमोजीम प्रभावकारी र विश्वसनिय बनाइ सेवा प्रवाहलाई सुदृढ बनाउने तर्फ ध्यान दिनुपर्छ ।
दुल्लु नगरपालिकाका लेखापाल बिनोद कुमार थापाले नगरपालिका कार्यसंचालन निर्देशिका बमोजीम बिविध खर्च गर्ने गरेको बताउनुभयो । उहाँले नगर सभा बाट बिविध खर्च शिर्षकमा बजेट बिनियोजन गर्ने र त्यही शिर्षकमा खर्च हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो विविध खर्चमा कार्यपालिका बैठक, नगर सभा, विषयगत समितिका बैठक लगायतका कार्यक्रममा खाजा खानाको खर्च हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो विगत बर्ष भन्दा पछिल्लो वर्षमा विविध खर्चमा कटौती हुदै आएको छ ।

