बुवाको सम्झनामा तीन लाखको अक्षयकोषको घोषणा

दैलेख : तीन लाखको अक्षयकोष स्थापनाको घोषणा गरिएको छ । नारायण नगरपालिका–६ भुर्तिका न्यौपाने परिवारले आफ्नो परिवारका स्वर्गीय बुवा नयाँराम न्यौपानेको सम्झनामा तीन लाख रुपैयाँको अक्षयकोष स्थापनाको घोषणा गरिएको हो । स्वर्गिय न्यौपानेको बुधवार १२ औँ दिनको पुण्यतिथिको अवसरमा श्रीमति–लक्ष्मी न्यौपाने र छोराहरु महेन्द्र प्रसाद न्यौपाने,थिरकुमार न्यौपाने र कुशल न्यौपाने तथा छोरीहरु हरिमायाँ शर्मा, मञ्जु न्यौपाने र शितल न्यौपाने लगायत संयुक्त परिवारले आफ्ना स्वर्गीय बुबाको सम्झनामा स्थानीय रेडक्रस माध्यमिक विद्यालय नारायण–६ भुर्ति दैलेखमा उक्त अक्षयकोष स्थापना गरेका हुन्।
बिस २००३ मंसिर ३ गते जन्म भई २०८२ कार्तीक ८ गते स्वर्गीय हुनु भएका स्व नयाँराम न्यौपानेको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गर्ने जेठाछोरा तथा नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्य समिती दैलेखका अध्यक्ष महेन्द्र प्रसाद न्योपानेले बताउनुभयो । उहाँले अक्षयकोष स्थापना गरिएको र विद्यालय र नगरपालिकाले उक्त छात्रबृत्रि वितरणका लागी कार्ययोजना बनाउँन बित्तिकै उक्त कोषमा रकम जम्मा गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो अक्षयकोषमा रहेको पैसाको ब्याजबाट उत्कृष्ठ,गरिब, दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्दा समस्यामा परेका बालबालिकाहरुलाई अध्ययनको लागि थोरै भएपनी पनि राहत पुग्ने र त्यो नै आफूहरुका लागि आशिर्वाद प्राप्त हुनेछ । हामी संग धेरै पैसा भएर अक्षय कोष स्थापना गरेका होईनौ । बुवाको सम्झनाका लागी र यो १२ औँ दिन सधै नआउने भएका कारण पनि त्यो दिनको सम्झनाका लागी ऋण काढेर भएपनि उक्त कोष स्थापना गरेका छौ ।
अक्षकोष घोषणा कार्यक्रममा नारायण नगरपालिका प्रमुख लोमन शर्माले भने स्वार्गिय नयाँराम न्यौपानेको नाममा स्थापना गरिएको अक्षयकोषले गरिव विपन्न परिवारलाई सहयोग प्राप्त हुने बताउनुभयो । उहाँले बुवाको सम्झनामा स्थापना गरिएको अक्षयकोषलाई ब्यबस्थीत बनाउँन नगरपालिकाले समेत सहयोग गर्ने बताउनुभयो । उहाँले नगरपालिकाले समेत यहाँका गरिव,विपन्न परिवारलाई सहयोग प्राप्त हुने र नगरपालिकाले समेत अक्षयकोष स्थापनामा बजेट थप्ने प्रयास गर्ने बताउनुभयो ।
नारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बम बहाहादुर केसीले आफ्नाबुवाको चिरशान्ति र सम्झना स्वरुप अक्षयकोष स्थापना गरी उत्कृष्ट बिद्यार्थी र बिपन्न्न बिद्यार्थीलाई छात्रवृत्ति स्वरुप सहयोग उपलब्ध गराउने गरी अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएकोमा धन्यवाद दिए ।


