शिक्षकले गरे गाउँपालिकामा तालाबन्दी


गाउँपालिका अनुदान शिक्षक संघर्ष समितिका सदस्य तथा दशरथ माध्यमिक विद्यालय प्याडुल्लीका शिक्षक हिमबहादुर शाहीले अनुसार विगत एघार महिनादेखि तलब नपाउँदा शिक्षकहरू आर्थिक संकटमा परेको र तालाबन्दी गर्न बाध्य भएको बताए । उनले गाउँपालिकालाई तलव भत्ता उपलब्धका लागी पटक–पटक ज्ञापनपत्र बुझाएको भएपनि कुनै सुनूवाई भएका कारण तलाबन्दी गर्न बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो गाउँपालिकामा बार्ता भइरहेको भएपनि समस्या समाधान हुन नसक्ने अबस्था देख्छु ।
मालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक मान बहादुर शाहीले गाउँपालिका अनुदान बाट नियुक्त गरिएका १०४ जना शिक्षकको तलव सुविधा नपाएका कारण गाउँपालिकामा तालाबन्दीका साथै गाउँपालिकामा सम्पुर्ण विद्यालयहरु बन्द रहेको बताए । उनले भने हाम्रै विद्यालयमा छ जना शिक्षक गाउँपालिका अनुदान बाट नियुक्त भएको र शिक्षकहरुले तलव सुविधा नपाएका कारण बालबालिकाको पढाई समेत प्रभावित हुने समस्या रहेको छ ।
संघर्ष समितिका सचिव रविलाल देवकोटाले गत वर्ष मंसिर ७ गते (२०८१ मंसिर ७ गते पालिका र शिक्षकबीच तीन बुँदे सहमति भए पनि कार्यान्वयन नभएकाले बाध्य भएर आफुहरुले गाउँपालिकामा तालाबन्दी गर्नुपरेको बताए । उनले ११ महिना सम्म तलव भत्ता नपाएर शिक्षकले नियमित पठन पाठन गराइरहेको भएपनि गाउँपालिकाले तलवभत्ताका लागी कुनै पहल नगरेका कारण आफुहरुले तालाबन्दी गरेको बताए । उनले भने गाउँपालिकालाई तलव भत्ताको कुरा गर्दा दिन नसक्ने जवाफ दिने गरेको छ ।
ठाटीकाँध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी प्रसाद उपाध्यायले गाउँपालिकाले गाउँपालिका अनुदान बाट नियुक्त भएका शिक्षकहरुलाई तलव भत्ता उपलब्ध गराउने प्रयास गरेपनी बजेट अभावका कारण तलव भुक्तानी गर्न नसकिएको बताए । उनले भने बजेट अभावका कारण दिन नसकिएको हो ‘पहिलेका वर्षमा वित्तीय समानीकरणबाट तलब दिइन्थ्यो, अहिले नसकिने अवस्था छ त्यो स्रोत अवरुद्ध भएको छ ।
यो समस्या बिगत देखीकै समस्या हो प्रमुख उपाध्यायले भने ‘भएको देखि हो बिचमा तलब दिन सकिन्छकि भनेर सहमती पनि गरियो २÷३ महिनाको तलब दिइयो तर, पहिलेका वर्षहरुमा वित्तीय समानिकरण बाट दिइन्थ्यो तर अहिले नसकिने अबस्था छ शिक्षकहरुको बाँकी तलब भुक्तानी गर्नका लागि साढे चार करोड आवश्यक पर्छ । उपाध्यायले शिक्षक प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएको बताउँदै समस्या समाधानका लागि खुला संबाद सुरु भएको र केही निष्र्कषमा पुग्ने प्रयास भइरहेको छ ।

