Loading... आजः मङ्लबार, मंसिर १०, २०८२
Trending

हत्यामा संलग्न छ जना पक्राउ


दैलेख :  जात्रा हेर्न जाजरकोट पुगेका दैलेख नौमुले गाउँपालिका –४ उत्तिसेनीका ३९ वर्षिय लाल बहादुर पुन मगरको हत्या अभियोगमा छ जनालाई पक्राउ गरिएको छ । दशै तिहारको बिचमा लाग्ने भुवा जात्रा हेर्न पुगेका उनको हत्या भएपछि हत्या अभियोगमा छ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी प्रहरी निरीक्षक हरिराम डाँगीले कात्तिक ३ गते साँझदेखि जुनीचाँदे गाउँपालिकाको पंकस्थित दलसरा रावतको बारीमा मेला लागेको सोही मेलाभर्न गएको बेला लाल बहादुरलाई कुटपिट गरी गम्भीर घाइते बनाइएको बताए । उनले घाइते अवस्थामा उनलाई उनका साथीहरू विवेक बुढा मगर र वीर बहादुर घर्ती मगरले घटनास्थलबाट आफ्नो घरमा लगेको र साथीहरूसँग घर जाने भन्दै सोही ठाउँको पंक गाउँमा रहेको दलवीर रावतको घरमा पुगेको राती सुतेको बेला कात्तिक ६ गते बिहान मृत अवस्थामा फेला परेको बताए ।

घटनालगत्तै हत्यामा संलग्न व्यक्तिहरू फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय जाजरकोट र जिल्ला प्रहरी कार्यालय दैलेखको समन्वयमा कात्तिक ७ गते विभिन्न स्थानबाट फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको प्रहरी निरीक्षक डाँगीको भनाइछ । उनका अनुसार पक्राउ पर्नेहरूमा दैलेख नौमुले गाउँपालिका—४, कै भित्रिखोलाका अन्दाजी १९ वर्षीय पदम बहादुर रोका मगर,१८ वर्षीय नर बहादुर गुरुङ, १८ वर्षीय वीरेन्द्र रोका मगर, २२ वर्षीय तिलक घर्ती मगर, २१ वर्षीय लक्ष्मण सुनार र १८ वर्षीय कमल रानामगर रहेका छन् । जिल्ला प्रहरी कार्यालयले हत्यामा संलग्नभएकाहरुलाई पक्राउ गरी जिल्ला अदालत दैलेख बाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।