नागरिकताको प्रतिलिपिमा छोराको हस्ताक्षर

दैलेख : दैलेखको डुगेश्वर गाउँपालिका–६ सानोओइरीका छविलाल उपाध्याय बिहीबार जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपि बनाउन गए । उनले वडा कार्यालय बाट आवश्यक कागजात भनाएर जिल्ला प्रशासन पुगेका उनलाई आफ्नै छोराले नागरिकतामा हस्ताक्षर गरेर प्रतिलिपि पाइएला लागेको थिएन । छोरा प्रमुख प्रशासकीय अधिकृत भए पनि नागरिकतामा प्रमुख जिल्ला अधिकारीको नै हस्ताक्षर होला भन्ने सोच्नु भएका उनलाई आफ्नै छोराले नागरिकतामा हस्ताक्षर गरेर हस्तान्तरण गरेपछि खुसीको सीमा रहेन ।
छविलाल उपाध्यायले भने अधिकृतमा नाम निकालेर अध्यागमन विभाग बाट सरुवा भएर दैलेख आएको छोराले मेरै नागरिकतामा हस्ताक्षर गर्ला भन्ने आफूलाई नलागेको बताए । उनले भने दुःख गरेर पढाएको छोराले आफ्नै नागरिकतामा हस्ताक्षर गरेर दिँदा मेरो लागी गौरवको कुरा हो । उपाध्यायले दुई छोरा एक छोरी मध्ये जेठो ऋषि उपाध्याय अधिकृत, छोरी खरिदार र कान्छो छोरा स्नातकोत्तर बढिरहेको बताए ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत ऋषि उपाध्यायले आफैले हस्ताक्षर गरेर बुवाको नागरिकताको प्रतिलिपि दिन पाउँदा निकै खुसी भएको बताए । उनले आफ्नो बुवाको नागरिकतामा हस्ताक्षर गरेर प्रतिलिपि दिँदा आफूलाई संसारकै भाग्यमानी सन्तान भएको बताए । उनले आफ्नै छोराले हस्ताक्षर गरेर नागरिकताको प्रतिलिपि दिँदा अभिभावक लाई त्यो भन्दा बढी खुसी केही हुँदैन । बुवाको नागरिकता २०४५ सालमा बनाएको र पुरानो भएका कारण प्रतिलिपि बनाउनु परेको उपाध्यायको भनाइछ ।
डुगेश्वर गाउँपालिका–१ का युवराज तिमिल्सेनाले छोराले हस्ताक्षर गरी नागरिकता प्रदान गरेको फोटो शेयर गर्दै लेख्नुभएको छ । दुःख गरेर पढाएको सन्तानले राम्रो प्रगति गरेको देख्दा कसको मन खुसी नहोला र जिम्मेवार अभिभावक भएको खण्डमा तपाई हाम्रा छोराछोरीलाई समेत त्यहाँ पुग्न सक्छन् । आफ्ना अभिभावक मात्र होइन यस्ता खबरहरूले गाउँमै खुसी भएको छ ।