पत्रकार डेकेन्द्रको योगदानलाई नर्बिसन आग्रह

दैलेख : तत्कालीन द्धन्दकालमा जिउँदै गाडेर हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको योगदानलाई कसैले पनि बिर्सन नहुने बताइएको छ । पत्रकार डेकेन्द्र थापाको २१ औँ स्मृति दिवसका अवसमा नेपाल पत्रकार महासंघ दैलेख शाखाले आयोजना गरिएको सम्झनामा डेकेन्द्र विषयक कार्यक्रममा बोल्ने अधिकाँसबत्ताहरुले पत्रकारिता संगै सामाजीक विषयमा वकालत गर्दा मुत्युवरण स्वीकार गर्ने महानब्यक्तिलाई बिर्सन नहुने बताएका छन ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जिल्लाको विकास,सुशासन र सामाजिक न्यायका निम्ति योगदान दिनुभएका पत्रकार डेकेन्द्र थापाको योगदानलाई बिश्वमाझ चिनिएको बताए । उनले नारायण नगरपालिकाका जनताका लागी खानेपानी खुुवाउने क्रममा ज्यान गुमाउनु परेको स्मरण गर्दै उनले सामाजीक क्षेत्रमा पु¥याएको योगदानलाई सबैले सम्झनु पर्ने बताए
नारायण नगरखानेपानी उपभोक्ता समितिका संयोजक तथा नारायण नगरपालिका–१ का वडाध्यक्ष सन्देश कुमार श्रेष्ठले पत्रकार डेकेन्द्रराज थापाले समाजका उत्पीडन परेका बर्गको अवाजलाई उठाउनु महत्वपूर्ण योगदान गरेको बताए । उनले खानेपानी समितिको नामका विषयमा आगामी भदौमा बस्ने बैठकमा प्रस्ताव समेत लिने बताए ।
नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष पुस्कर थापाले पत्रकार डेकेन्द्रराज थापालाई निडर,निश्वार्थी ढंगले समाजका लागी आफ्नो ज्यान गुमाएको बताउँदै उहाँको योगदानलाई कहिलै नर्बिसने बताए । उनले जिल्लाका नागरिक समाज,पत्रकार,राजनितिक पार्टीले स्मृति दिवसमा सम्झने मात्र नभएर उनले उठाएका सवलपक्षलाई अनुसरण गरि योगदान दिनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष एवम पत्रकार डेकेन्द्रराज थापाका सहोदर भाई यज्ञराज थापाले पत्रकार डेकेन्द्रराजा थापाको योगदानलाई नागरिक समाज,राजनितिक पार्टीले बिर्सीएको बताए । उनले जुन खानेपानी ल्याउन मृत्युवरण गर्नुभयो त्यसको नाम डेकेन्द्र नगर खानेपानी राख्न नमानेको, हत्या गरिएको स्थल नौमुले गाउँपालिका–३ द्धारीको विद्यालयको नाम डेकेन्द्र माध्यामिक विद्यालय राख्न खोजेपनि कुनै निकायले त्यसको लागी समन्वय र सहकार्य नगरेको बताए ।
सामाजिक अभियानता राधा मल्लले पत्रका डेकेन्द्रराज थापाले तत्कालीन समयमा समेत महिला तथा दलितको अधिकार संगै समाजीक न्यायको सिद्धान्तलाई आत्मसाथ गरी हिडेको र समाज रुपान्तरणमा लागेको स्मरण गर्दै तत्कालीन समयमा माओबादीका कारण बिस्थापीत भएका बादीसमुदायलाई बसोबासको समेत ब्यबस्था गरेको भएपनि डेकेन्द्रराज थापाको हत्या भएसंगै अहिले सम्म त्यहाँका बादी समुदायले लालपुर्जा समेत नपाएको बताइन । सशस्त्र द्वन्द्वको समयमा तत्कालिन युद्धरत पक्ष नेकपा माओवादीले आफ्नो नियन्त्रणमा राखेको ४५ दिनमा २०६१ साउन २७ गते अहिलेको नौमूले गाउँपालिका–३ द्वारीमा हत्या गरेको थियो । पत्रकारहरुको निरन्तर दवावपछि २०६९ पुस २० गते प्रहरीले हत्यामा संलग्न भनिएका ९ जना मध्ये ५ जनालाई निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई पक्राउ गरी मुद्दा चलाएको थियो । २०७१ मंसिर २१ गते तत्कालीन जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई दुई–दुई वर्ष तथा लक्षिराम घर्तीमगरलाई एक वर्ष ६ महिना र बीरबहादुर केसीलाई एक वर्षको कैद सजाय सुनाएको थियो । उनीहरुले कैद भुक्तान गरी सकेका छन् । उक्त फैसलामा जिल्ला न्यायाधीश श्रेष्ठको आरोपित साविकको छिउडीपुसाकोट गाविस–१ हाल दुल्लू नगरपालिका–६ का यी ‘अरुण’ भन्ने बमबहादुर खड्का समेत ४ जना पक्राउ परेको बखत मुद्दा जगाउन सकिने गरी मुल्तवीमा राख्ने फैसला सुनाएको थियो ।प्रहरीले घटनमा दोश्रो दोषी साविकको छिउडीपुसाकोट गाविस–१ हाल दुल्लू नगरपालिका–६ का यी ‘अरुण’ भन्ने बमबहादुर खड्का घटनाको १७ वर्षपछि २०७६ फागुन २१ गते पक्राउ गरेको थियो । थुनछेक बहसपछि त्यही दिन दैलेख कारागार चलान गरेको थियो । ‘अरुण’ भन्ने बमबहादुर खड्का पक्राउ परेको दुई वर्षपछि घटनामा संलग्न भएका अरु थप तीन जना कसूरदार समेतको विषयमा २०७८ मंसिर २६ गते अरुण र हालसम्म फरार भनिएका तीन जना उपरको मुल्तबीबाट हटाई सजाय तोकिएको थियो । फैसलामा फरार तीन जना कसूरदार साविकको कट्टी गाविस—७ हाल भगवतीमाई गाउँपालिका–६ ‘मुक्ति’ भन्ने बमबहादुर खड्का, साविकको छिउडीपुसाकोट गाविस–७ हाल दुल्लू नगरपालिका–६ का केशव खड्कालाई जनही २० वर्ष जन्मकैद भएको छ । पछिल्लो फैसलामा अनुसार बाँकेको कोहलपुर नगरपालिका–३ का भक्तिराम लामिछानेलाई तीन वर्ष कैदको फैसला सुनाइएको थियो ।