Loading... आजः बिहिबार, अशोज २३, २०८२
Trending

बालिका माथि कुटपिट सँगै सामूहिक बलात्कार


दैलेख :  दैलेखमा १३ वर्षिया बालीकालाई कुटपिट सँगै सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा तीज हेर्न गएकी बालिकालाई ढुङ्गाले हानेर घाइते बनाएर सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी लाल बहादुर सुनारले साउन २२ गते साँझ तिजको नाच हेर्न गएकी बालिकालाई सोही गाउँका दुई युवकले ढुङ्गाले हानेर घाइते पारेर सामूहिक बलात्कार गरेको उजुरी परेपछि दुई युवकलाई नियन्त्रणमा लिएको बताए । उनले पक्राउ पर्नेमा चामुण्डाबिन्द्रासैनीका २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी रहेको बताए । उनले भने घटना घटेकै दिन प्रहरीलाई खबर आए पनि परिवारले नै किटानी जाहेरी दिएपछि पक्राउ गरिएको र पक्राउ परेका दुवै युवाले प्रारम्भिक अनुसन्धानमै घटनामा संलग्न रहेको स्वीकार गरेका छन् ।
निरीक्षक सुनारका अनुसार राति तीजको नाँच हेरेर घर फर्किँदै गर्दा गोविन्द र खगेन्द्रले पिछा गरेर बालिकालाई लखेटेरै पालैपालो बलात्कार गरेछन् । उनले भने उनीहरुसँगै गएका अन्य साथीहरूले भागेर ज्यान जोगाएर घरपरिवारलाई घटनाबारे भन्न सफल भएको र पछि घरपरिवार खोज्दै जाँदा बेहोस अवस्थामा बालिका भेटिएकी थिइन । युवकले प्रहार गरेको ढुङ्गाले हातमा चोट लागेपछि बालिका भाग्न असफल भएपछि पालैपालो बलात्कार गरेको उजुरीमा उल्लेख छ । पीडित बालिकाका आफन्तले शुक्रवार प्रहरीलाई जाहेरी दिएपछि युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेख जनाएको छ । बालिकाको जिल्ला अस्पताल दैलेखका उपचार भइरहेको छ । प्रहरीले घटना बारे सबै अनुसन्धान सकिएपछि मात्र पत्रकार सम्मेलन गर्ने जानकारी दिएको छ । आज मात्र जिल्लामा रहेका गैसस र मानव अधिकारकर्मीले ज्ञापनपत्र समेत बुझाएका छन ।