Loading... आजः बुधबार, कार्तिक १३, २०८२
Trending

पाँच विद्यामा सात जना पत्रकारलाई पुरस्कृत गर्ने

सुर्खेत :   कर्णाली प्रदेश सरकारको बुधवार बिहान बसेको मन्त्रीपरिषद बैठकले पत्रकारिता पुरस्कार वितरण कार्यविधि २०८२ लाई स्वीकृत गरेको छ । यस अघि बिना विद्याका तीन जना पत्रकारलाई पुरस्कृत गर्ने कार्यविधिलाई खारेज गर्दै मन्त्रिपरिषद् बैठकले नयाँ कार्यविधि स्वीकृत गरेको हो ।

नयाँ कार्यविधिमा यस वर्षदेखि प्रदेश सरकारले सात जना पत्रकारलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गर्नेछ । कार्यविधि अनुसार पत्रकारिता पेशामा दुई दशकदेखि क्रियाशिल रही प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा विशेष योगदान पु¥याएका एक जनालाई कर्णाली प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गरिनेछ । जसको राशी ७५ हजार रहेको छ । पत्रकारितामा पेशमा सात वर्षदेखि क्रियाशिल रहेका एक जनालाई ५० हजार राशीको कर्णाली वर्ष उत्कृष्ट पुरस्कार प्रदान गर्नेछ । त्यस्तै पत्रकारिता पेशामा पाँच वर्षदेखि क्रियाशिल एक जनालाई कर्णाली सशक्त सञ्चारकर्मी पुरस्कार प्रदान गरिनेछ । जसको राशी ३५ हजार रहेको छ भने कर्णाली विकास पत्रकारिता र समावेशी पत्रकारिता पुरस्कार जनही २र२ जनालाई प्रदान गरिनेछ । ती पुरस्कारको राशी समान ३५ हजार रहेको छ ।

 

कार्यविधिमा पुरस्कारका लागि आवेदकले पत्रकारिता पेशामा आवद्ध भएको प्रमाण खुल्ने कागजात, स्वघोषणा पत्र, सूचिकृत हुन आवेदन, बायोडाटा, तीन वटा समाचार सामग्रीको अभिलेख पेश गर्नुपर्नेछ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले ती पुरस्कार प्रदेश स्थापना दिवस भदौ ४ गते विशेष समारोहमा वितरण गर्नेछ ।