Loading... आजः बिहिबार, अशोज २३, २०८२
Trending

बजेट सुनिश्चित नहुँदै आयोजनाको डिपिआर

दैलेख :  सार्वजनिक खरिद ऐन २०६४ को दफा २९ मा सार्वजनिक निकायले सार्वजनिक निकायमा उपलब्ध जनशक्ति बाट काम हुन नसक्ने भएको खण्डमा कुनै ब्यत्ति,फर्म वा कम्पनी बाट परामर्शदाता सेवा लिन सक्ने पाइने ब्यबस्था छ । तर स्थानीय सरकारले उक्त ब्यवस्थालाई मिच्दै आफन्तलाई काम दिने निहुँमा बजेट सुनिश्चित नहुँदै आयोजनाको बिस्तृत प्रतिबेदन (डिपिआर)मा लाखौ रकम खर्च गर्ने गरेका छन ।
जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले गत आर्थिक बर्षमा नगरपालिकाका छ वटा आयोजनाको डिपिआर निर्माण गर्न ५२ लाख पाँच हजार ९६९ रुपिँया खर्च गरेको पाइएको छ । महालेखाको प्रतिबेदनमा उल्लेख गरिए अनुसार पादुका र रामाघाट खोलाको आइइ गर्न आई फिल ईन्जिनियरिङ कन्सलटेन्सीलाई चार लाख ५७ हजार ६५०,चामुण्डादेवीको मन्दिरमा धार्मिक पर्यटकीय क्षेत्र निर्माण गर्न पादुका ईन्जिनियरिङ सोलुसनलाई नौ लाख ९२ हजार २०५ रुपिँया,बिन्द्रासैनी खाट काल्चेकाँधको डिपिआर गर्न एक्सिस ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सर्भिसेजलाई चार लाख ९७ हजार २५२ रुपिँया,बडाल बुडेली चाल्ने शिमसेर सडकको पिसिआर ईन्जिनियरिङ कन्सल्टीङ प्रा.लीलाई सात लाख ९६ हजार ६५० रुपिँया, चामुण्डाबिन्द्रासैनी जम्बुकाँध मजुवा खानेपानी आयोजना प्रिकसा कन्सलटेनसी प्रा.ली संग १४ लाख ८९ हजार १७० रुपिँया,भण्डारी लेप्टे सडकको डिपिआर ड्रिम हावस ईन्जिनियरिङ प्रा.ली लाई नौ लाख ७३ हजार ४२ रुपिँया गरी ५२ लाख पाँच हजार ९६९ रुपिँया भुक्तानी गरेको छ । नगरपालिकाले त्यति ठुलोे रकम खर्च गरेर परामर्शदाताले निर्माण गरेका आईइ र डिपिआर मध्ये चामुण्डाबिन्द्रासैनी जम्बुँकाँध मजुवा खानेपानी योजना बाहेक कुनै पनी योजना कार्यन्वयन नगरेको समेत महालेखाको प्रतिबेदनमा उल्लेख छ ।

त्यस्तै जिल्लाको नारायण नगरपालिकाले गत आर्थिक वर्षमा पाँच वटा आयोजनाको डिपिआर तयार गर्न पाँच लाखका दरले २५ लाख रकम स्वीकृत गरी खर्च ग¥यो । नगरपालिकाले त्रिबेणी १५ शैय्या नगर अस्पताल निर्माणको डिपिआर गर्न पि इन्जिनियरिङ आर एण्ड कन्सलटेन्सी कन्ट्रक्सन,लोहोरे बिजौरा फुलवारी लिफ्टिङ आयोजना ६ र ७ को डिपिआर हाइ भिजन इन्जिनियरिङ प्रा.ली, भिरमौरा देखी लुक्षेकाँडा हुदै तौलिया देवलकाडा सडक सर्भेक्षण कार्यका लागी काइरभ इन्जिनियरिङ क्सलटेन्सी , वडा नः १० भवानीको वडा कार्यालय तौलिया सम्मको सडक स्तरउन्नती कार्यका लागी नेपाल इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट एशोसियट्स खौला राजिगाउँ पिपलडाँडा सडक स्तरउन्नती कार्यका लागी पञ्चकोशि इन्जिनियरिङ कन्सलटेसीलाई डिपिआर निर्माणको जिम्मा दिई उक्त रकम खर्च ग¥यो ।

नारायण नगरपालिकाका इन्जिनिएर हिक्मत रोकायाले पाँच वटा आयोजनाको डिपिआर तयार गरेको भएपनि दुई वटा आयोजनामा मात्र बजेट आएर खर्च भएको बताए । उनले वडा नः १०को वडा कार्यालय देखी तौलीहवा सडकको स्तरउन्नती कार्य र खौला राजिगाँउ पिपलडाडा सडक स्तरउन्नी कार्यमा गत आर्थिक बर्षमा काम भएको बताए । उनले भने डिपिआर अनुसार काम भएपनि चालु आर्थिक बर्षमा उक्त दुई आयोजनामा समेत बजेट छैन अन्यमा हुने कुरै भएन । जिल्लाका अधिकाँस स्थानीय तहले बजेटको सुनिश्चित नहुँदै डिपिआर निर्माण गर्ने गरेका छन ।

आफु नजिक र आफन्तलाई काम दिने नाममा बजेटको स्रोतको सुनिश्चित नहुदै डिपिआरको योजना निर्माण गर्ने गरेको पाइएको छ ।चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेश बहादुर शाहीले योजनाका लागी बजेट माग्न जाँदा त्यसको डिपिआर र आईइ गरेको रिर्पोट माग्ने गरेका कारण स्थानीय सरकारले डिपिआर तयार गर्ने गरेको बताए । उनले नगरपालिकाले डिपिआर निर्माणका लागी बजेट खर्च गरेपनि सम्बन्धित निकायले बजेट नहाली दिने समस्या रहेको बताए । उनले भने खरिद नियमावलीमै ब्यवस्था भए बमोजीम स्थानीय सरकारले डिपिआर तयार गर्ने गरेको भएपनि प्रदेश सरकार र संघिय सरकारले बजेट हाल्दैनन ।
नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम बहादुर बुढाले बिस्तृत आयोजना प्रतिबेदन(डिपिआर) निर्माण गर्नुको प्रमुख उद्देश्य भनेको बजेट माग गर्दा सहज हुने बताए । उनले विभिन्न निकायमा बजेट माग गर्दा नै आयोजनाको बिस्तृत प्रतिबेदन माग गर्ने परमपराका कारण स्थानीय तहले निर्माण गर्ने बताए । उनले भने त्यही डिपिआर लिएर विभिन्न निकायमा जनप्रतिनिधिहरु पुग्ने समेत गर्नुहुन्छ ।
स्थानीय शासन बिज्ञ तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दिपेश घिमिरेले आयोजनाको बिस्तृत प्रतिबेदन नभए सम्म बजेट बिनियोजन नगर्ने समस्याका कारण स्थानीय सरकारले डिपिआर निर्माण गर्ने गरेको बताए । उनले भने पालिकाले बजेट खर्च गरी डिपिआर निर्माण गरेपनि संघ,प्रदेश सरकारले बजेट नहाल्ने समस्याले डिपिआरहरु थन्कीएको बताए । आवश्यकताका आधारमा आयोजनाको बिस्तृत प्रतिबेदन बनाउने भन्दा पनि आफु अनुकुल बनाउने समस्याले डिपिआर निर्माण गरी थन्कीने गरेको उनको भनाइछ ।