खानेपानीको महसुल नर्तिनेको नाम सार्वजनिक

दैलेख : खानेपानीको महसुल नर्तिने सरकारी कार्यालय र ब्यक्तिको नाम सार्वजनिक गरिएको छ । नारायण नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानीको महसुल ३० हजार भन्दा बढि बक्यौता रहेका ब्यक्ति र सरकारी कार्यालयको नाम सार्वजनिक गरेको हो । नारायण नगर खानेपानीका कार्यालय प्रमुख इन्जिनियर राजन खड्काले खानेपानीको महसुल तिर्न पटक पटक पत्र पठाएर ताकेता गरेको भएपनि त्यसको कुनै सुनुावाई नभएपछि समिति बाध्य भएर नाम सार्वजनिक गरिएको बताए उनले नेपाल सरकारले निर्माण गरेको खानेपानी नियमावली २०८१ बमोजीम उपभोक्ताले नियमित महसुल नतिरेको अबस्थामा धारा काटन पाइने ब्यबस्था बमोजीम त्यस प्रक्रिया समिति गएको बताए ।
खानेपानी उपभोक्ता समितिले सार्वजनिक गरेका नामहरुमा केही अपबाद बाहेक सबै नागरिकले पानीको महसुल तिर्न सक्ने अबस्था हुँदा हुदै पनि खानेपानीको महसुल तिर्नु नखोज्नु मुर्खता भएको कार्यालय प्रमुख खड्काले बताए उनले भने लामो समयदेखि निरन्तर पानी प्रयोग गर्दै आए पनि महसुल नबुझाएका सेवाग्राहीहरूमाथि कारबाही प्रक्रिया अघि बढाउने तयारीस्वरूप सार्वजनिक सूचना जारी गरेको हो बताए । ५ दिनभित्र कार्यालयमा उपस्थित भई बक्यौता रकम बुझाउन आग्रह गरिएको छ ।उपभोक्ता समितिले पावर र पहुँच भएका र समाजकै प्रतिष्ठित ब्यीक्त बाट महसुल नउठ्दा सेवा प्रवाह देखी मर्मतमा समेत समस्या हुने समितिले जनाएको छ ।
समितिले सार्वजनिक गरेको नामवलीमा सबै भन्दा धेरै महसुल तिर्न जिल्ला स्वास्थ्य सेवा कार्यलय रहेको पाइएको छ । स्वास्थ्य सेवा कार्यालयमा जोडिएका तीन वटाको महसुल १४ लाख ९४ हजार २८३ पुगेको छ । स्वास्थ्य सेवा कार्यालयका कम्युटर अप्रेटर प्रकाश कुमार शाहीले स्वास्थ्य सेवा कार्यालय विद्युत र खानेपानीको महसुलले गर्दा कार्यालय संचालनमा समेत कठिनाई हुने गरेको बताए । उनले यस अघि २०८०÷०८१ मा १० लाख रुपिँया तिरेको भएपनि गत आर्थिक र चालु आर्थिक वर्षमा क्रममा ६० हजार र ७० हजार आएको बताए ।
नारायण नगरपालिकाले बर्षैनी आर्थिक अबस्था कमजोर भएका नागरिकको खानेपानी महसुल तिर्ने गरेको भएपनि खानेपानी उपभोक्ता समितिले ३० हजार माथीको बक्यौता करिव १५ लाख र ३० हजार मुनीको बक्यौता ६० लाख रुपिँया ८५ लाख रुपिँया बाँकी रहेको खानेपनी समितिले जनाएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय, त्रिभुवन माध्यामिक विद्यालय, जनता आधारभुत विद्यालय, लगायतले समेत खानेपानीको महसुल तिरेका छैनन ।