एनआरएन ओहायो च्याप्टरको अध्यक्षमा बुढा निर्वाचित

दैलेख : दैलेख घर भै अमेरिकामा बस्दै आएका बिजय बुढा गैर अवासीय नेपाली संघ(एनआरएन) ओहायो च्याप्टर अमेरीकाको अध्यक्षमा सर्वसम्म चयन भएका छन् ।
दैलेखको महावु गाउँपालिका–३ बाँसीका वुढा एनआरएनए ओहायो च्याप्टर अमेरीकाका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
१५ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा रिद्धि खड्का,महिला उपाध्यक्षमा दुर्गा ऐरी,सचिवमा सारदा धिताल,बिज्ञान भट्टराई कोषध्यक्षमा भुवन अधिकारी निर्वाचित भएका छन ।
अध्यक्षमा निर्वाचित भएपछि वुढाले गैरआवासीय नेपालीहरुको साथ र विश्वास नै आफुहरुको शक्ति भएको प्रतिक्रिया दिएका छन् । उनले गैरआवासीय नेपालीहरूको भरोसालाई कहिल्यै टुट्न नदिने भन्दै गैरआवासीय नेपाली समुदायको हित र प्रगतिका लागि निरन्तर लागिरहने प्रतिवद्धता जनाएका छन् ।
यसअघि प्रवासी नेपाली मन्चको अध्यक्ष समेत रहेका वुढा एनआरएनए ओहायो च्याप्टर अमेरीकाको अध्यक्षमा निर्वाचित भएका हुन् । उनले गैरआवासीय नेपालीहरुलाई एकतावद्ध वनाएर मातृभूमीका लागि योगदान दिने वताएका छन् ।


