Loading... आजः मङ्लबार, कार्तिक १२, २०८२
Trending

कलिलो उमेरमै लागुऔषधको जालोमा फस्छन युवा

लागु औषध सहित पक्राउ परेका युवायुवती । फाइल तस्बिर

दैलेख  :  गत जेठ १७ गते दैलेखको नारायण नगरपालिका–८ ठालुडाँडामा रहेको सुरेन्द्र थापाको घरमा लागुऔषधको कारोवार भइरहेको सुचनाका आधारमा प्रहरीले खानतलासी गर्दा नौ पत्ता ट्रामाडोलको ९० वटा ट्याबलेट फेला पारी ३१ वर्षिय दिपक कुमार थापालाई पक्राउ ग¥यो । गत असार ८ गते नारायण नगरपालिका–२का २० वर्षिय कुशल कुमार थापा लागुऔषध सहित पक्राउ ग¥यो । लागुु औषधको कुलतमा कलिलो उमेरमै युवाहरु फस्ने गरेको पाइएको छ ।
लागुऔषधको प्रयोग गर्नेमा १८ बर्ष देखी ३० वर्ष उमेर सुमहका युवाहरु पर्ने गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले पछिल्लो एक आर्थिक बर्षमा १९ जना लागुऔषध दुब्र्यसनीहरुलाई पक्राउ गरी मुद्धा चलाएको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक लाल बहादुर सुनारले अघिल्लो आर्थिक बर्षको तुलनामा लागुऔषध दुब्र्यसनीका घटनाहरु बढ्दै गएको जानकारी दिए । उनले आर्थिक बर्ष २०७९/८० मा ४ वटा मुद्धा ,२०८०/०८१मा ४ वटा मुद्धा र २०८१/०८२ मा ११ वटा मुद्धा दर्ता भएको जानकारी दिए । उनले भने दैलेखमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै जाँदा मुद्धाको संख्या समेत बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरी मुद्धा चलाएका मध्ये १८ वर्ष देखी ३० वर्ष उम्मेर समुहका २५ जना र ३० वर्ष देखी माथी उमेर समुहका ६ जना रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख(डिएसपी) गणेश बहादुर बरालल नेपाल भारत खुल्ला सिमाना रहेको कारण नेपालमा भित्रिने अधिकांश लागुऔषध भारतबाट नेपाल भित्रिने र त्यसमा मारमा नेपाली युवाहरु पर्ने गरेको बताए । उनले तीन वर्षको मुद्धाको रिर्पोट हेर्दा १८ वर्ष देखी ३० वर्ष उमेर समुहका युवाहरुले त्यसको प्रयोग गर्ने गरेको बताए । उनले भने लागुऔषधमा पक्राउ परेका युवाहरुको ट्राभल हिस्टोरी हेर्दा नेपालगञ्ज हुदै बर्दियासम्म देखिन्छ । पारिवारिक तनाव, बेरोजगारी, असफल प्रेम, साथीको लहैलहैमा लागेर, आर्थिक अवस्था कमजोर, छिटो पैसा कमाउने लगायतका कारणले गर्दा लागु औषधको कारोबार र प्रयोगकर्ता बढेको प्रहरीको अध्ययनले देखाएको छ ।