Loading... आजः बिहिबार, अशोज २३, २०८२
Trending

७२ प्रतिशत मुद्दा फैसला

दैलेख :  दैलेख जिल्ला अदालतमा गत आर्थिक वर्ष २०८१ देखि चालु आर्थिक वर्ष २०८२ असार ३१ गतेसम्म जम्मा ४०४ मुद्दा दर्ता भएका छन्। गत आर्थिका बर्ष फर्छयौट हुन बाकी रहेका १२९ र चालु आर्थिक वर्षमा दर्ता हुन आएका ४०४ गरि जम्मा ५३३ मुद्धा अदालतमा दर्ता भएका थिए । अदालतले यस अवधिमा ७२.२३ प्रतिशत मुद्दा फर्छयौट गरेको छ भने १४८ मुद्दा अझै बाँकी रहेका श्रेस्तेदार वीरेन्द्रबहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा बढी दर्ता हुने मुद्दा सम्बन्ध बिछेदका मुद्दा रहेका छन। जसको संख्या २३६ रहेको छ, जुन कुल मुद्दाको ४४.२७ प्रतिशत हो। फर्छयौट मुद्दा ३८५ रहेको छ, जसमा अघिल्लो आर्थिक बर्षमा बाट ११८ र नयाँ दर्ताबाट २६७ मुद्दा फर्छयौट भएका छन्।

यो बर्ष फर्छयौट हुन बाँकी रहेका १४८ मुद्दा मध्ये ६ महिनाभित्र १११, ६–१२ महिनाभित्र १९, १२–१८ महिनाभित्र ७ र १८ महिना नाघेका २ मुद्दा रहेका छन्।
थुनुवा मुद्दा संख्या ७८ रहेको छ, जसमा महिला ३, पुरुष १९ र बालबालिका ३ रहेका छन्। बालबालिका सम्बन्धी मुद्दा २१ छन्, जसमा गत बर्षका १०, नयाँ दर्ता ११ र फर्छयौट १८ मुद्दा रहेका छन् ।
न्यायाधीश कुलप्रसाद पाण्डेले सम्बन्ध बिछेद हुनुका मुख्य कारण सामाजिक संजाल र गरिबी रहेको बताउँदै, विदेश रोजगारका कारण पनि सम्बन्ध बिछेद हुने गरेको बताए ।