भीरबाट खसेर बालकको मृत्यू

दैलेख : दैलेखमा भीरबाट खसेर मृत्यू भएको छ । भैरवी गाउँपालिका वडा नं ७ डाँडासरुका १२ वर्षीय बालक विशाल बरालको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एवम सुचना अधिकारी लाल बहादुर सुनारका अनुसार विहीबार साँझ बाख्रा गोठालाबाट फर्किने क्रममा सिल्कीखोरिया भिरबाट झण्डै ४ सय मीटर खोल्सामा खस्दा घटना स्थलमै मृत्यू भएको छ । उनी भगवती आधारभूत विद्यालय भाँटीचौरमा कक्षा ८ मा अध्ययनरत थिए ।


