Loading... आजः बिहिबार, पुस १०, २०८२
Trending

दुई पालिकाले गाउँपालिकाले सार्वजनिक विदा नदिने


दैलेख :  दैलेखका दुई गाउँपालिकाले असार मसान्तलाई ध्यानमा राखी शनिवार र असार १५ गते कर्णाली प्रदेशले दिएको सार्वजनिक बिदा नदिने भएको छ । जिल्लाको गुराँस गाउँपालिका र महावु गाउँपालिकाले नियमित सेवा प्रवाह गर्ने बिज्ञप्ती मार्फत जानकारी दिएका छन । महावु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले जारी गरेको सुचनामा उललेख गरिए अनुसार सार्वजनिक विदाको दिनमा पनि गाउँपालिकाले सार्वजनिक विदा नदिने भएको छ ।

सुचनामा भनिएको छ । आर्थिक वर्ष २०८१/०८२ को भुक्तानीको कार्यलाई मध्येनजर गर्दै मिति १४ गते शनिवार र १५ गते धान दिवसको दिन महाबु गाउँपालिका कार्यालय तथा अन्तर्गतका कार्यालयहरू बन्द नभई सेवा प्रवाह गरिनेछ ।
त्यस्तै गुराँस गाउँपालिकाले समेत शनिवार र आइतवार कार्यालय संचालन हुने जानकारी दिएको छ । गुराँस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौड्यालले जारी गरेको सुचनामा भनिएको छ आर्थिक बर्षको अन्त्य भइरहदा गाउँपालिकामा निर्माणाधिन पूर्वाधारको कार्य एवम भुक्तानीको कार्यलाई तिब्रता दिई निर्दिष्ट लक्ष्य प्राप्ती गर्नका लागी शनिवार र आइतवार कर्णाली प्रदेस सरकारले दिएको सार्वजनिक बिदामा समेत कार्यालय संचालन हुने उल्लेख गरेको छ ।


गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीले शनिवार र सार्वजनिक बिदाको दिनमा समेत कार्यलय संचालन गरी सेवा प्रवाह गर्ने गाउँपालिकाका कर्मचारीलाई धन्यबाद दिनुभएको छ । उनले भनेका छन शनिवार र आइतवार सार्वजनिक बिदाको दिन कार्यलय संचालन गरी नागरिकलाई सेवा प्रवाह दिने निर्णयले समग्र गुराँस गाउँपालिकालाई सहयोग पुग्नेछ ।