Loading... आजः बिहिबार, अशोज २३, २०८२
Trending

जम्बुकाँध स्वास्थ्य चौकीलाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणा

दैलेख  :   दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले जम्बुकाँध स्वास्थ्य चौकीलाई पहिलोपटक किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा प्रमाणित संस्थाको रूपमा घोषणा गरेको छ । किशोर–किशोरीहरूको स्वास्थ्य र हित प्रवद्र्धन गर्ने उद्देश्यले जम्बुकाँध स्वास्थ्य चौकीलाई किशोर किशोरीमैत्री स्वास्थ्य सस्था घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।

चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेश बहादुर शाहीले स्वास्थ्य चौकीमा किशोरकिशोरीमैत्री सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, गोपनीयता, पहुँच र सम्वेदनशीलताको आधारमा सेवा प्रवाह गरे संगै उक्त घोषणा गरिएको बताए । । उनले नगरपालिका र सोसेक नेपालको निरन्तर प्राविधिक र कार्यक्रमगत सहयोगमा यो उपलब्धी हासिल भएको बताए । यो हाम्रो नगरपालिकाको गौरवको विषय हो, जुन किशोरकिशोरीमैत्री सेवाको दिशामा सामूहिक प्रतिबद्धताको प्रतिफल हो,” नगर प्रमुख शाहीले भने, प्रमाणित भएको यो स्वास्थ्य संस्था अब अन्य स्वास्थ्य संस्थाहरूका लागि मोडलको रूपमा स्थापित हुनेछ, जसले किशोरकिशोरीमैत्री सेवा विस्तारमा मार्गदर्शन गर्नेछ ।