दैलेखका ११ पालिकाले ल्याए बजेट

दैलेख : दैलेख जिल्लाका एघारै पालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागी बजेट सार्वजनिक गरेका छन् । नारायण नगरपालिका, दूल्लु नगरपालिका, चामुण्डाबिन्द्रासैनि नगरपालिका, आठबिस नगरपालिका ठाटिकाध गाउँपालिका, भैरबी गाँउपालिका, महाबु गाँउपालिका, नौमूले गाँउपालिका, भगवतीमाई गाँउपालिका, डुवेश्वर गाँउपालिका र गुराँस गाउँपालिकाले आव २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका हुन् ।
मंगलवार सार्वजनिक गरिएको बजेट अनुसार नारायण नगरपालिकाले ५६ करोड ४४ लाख ६९हजार चार सय २९ रुपियाँको बजेट ल्याएको हो । चालु तर्फ ४५ करोड ७० लाख ९२ हजार तीन सय ६ पुँजीगततर्फ १० करोड ७३ लाख ७७ हजार चार सय २९ रुपियाँ गरी कुल ५६ करोड ४४ लाख ६९ हजार चार सय २९ रुपियाँको अनुमानित बजेट प्रस्तुत छ ।
यस्तै, महाबु गाँउपालिका दैलेखले चालुतर्फ ३३ करोड ८० लाख ६२ हजार सात सय २२ रुपियाँ र पुँजीगततर्फ १५ करोड ५९ लाख ८० हजार गरी एक ४९ करोड ४० लाख ४२ हजार सात सय २२ रुपियाँको बजेट सार्वजनिक गरेको हो । नौमूले गाउँपालिकाले आगामी पुँजीगततर्फ १९ करोड ८० लाख ८९ हजार चालु चालुतर्फ ३६ करोड २७ लाख ७७ हजार आठ सय ३३ रुपियाँ गरी ५६ करोड आठ लाख ६६ हजार आठ सय ३३ रुपियाँको बजेट ल्याएको छ ।
यस्तै, ठाटिकाध गाँउपालिका दैलेखले चालुतर्फ २४ करोड २५ लाख ३५ हजार ५९ रुपिययाँ र पुँजीगततर्फ १७ करोड २४ लाख ५६ हजार गरी एक ४१ करोड ५० लाख ३१ हजार ५९रुपियाँको बजेट सार्वजनिक गरिएको ठाटिकाँध गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सी उपाध्यायले बताए । दुल्लु नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब आठ करोड ९२ लाख ५९ हजार बजेट ल्याएको हो । चालु तर्फ ७६ करोड ९८ लाख ८० हजार पुँजीगततर्फ ३१ करोड ९३ लाख ६९ रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
गुराँस गाउँपालिका दैलेखले चालुतर्फ ४३ करोड ५५ लाख ४४ हजार नौ सय ५५ रुपियाँ र पुँजीगततर्फ १६ करोड १६ लाख वित्तीय व्यवस्था १३ करोड ४० गरी ७३ करोड ६१ लाख ४४ हजार नौ सय ५५ रुपियाँको बजेट सार्वजनिक गरिएको गुराँस गाँउपालिकाले जानकारी दिएको छ ।
डुवेश्वर गाउँपालिका दैलेखले चालुतर्फ २८ करोड ५० लाख र पुँजीगततर्फ १३ करोड ३१ लाख ७२ हजार नौ सय ५३ रुपियाँ गरी ४१ करोड ८१ लाख ७२ हजार नौ सय ५३ रुपियाँको बजेट सार्वजनिक गरिएको छ । यसैगरी, चामुण्डा बिन्द्रासैनि नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४८ करोड ४३ लाख तीन हजार ८८ रुपियाँ बजेट ल्याएको हो । शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, प्रशासन र युवासँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकतामा राखिएको चामुण्डा बिन्द्रासैनि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले बताए ।
आठबिस नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५५ करोड ८८ लाख ६१ हजार पाँच सय ८५ रुपियाँ बजेट ल्याएको हो । भगवतीमाई गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ५६ करोड ४५ लाख ७५ हजार दुई सय बजेट सार्वजनिक गरेको हो ।
भैरबी गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४९ करोड ९९लाख ९० हजार बजेट सार्वजनिक गरेको छ । दैलेखका अधिकांश पालिकाले शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ तथा कृषिलाई आधुनिकीकरण लगायतका कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै बजेट विनियोजन गरिएको जनाएका छन् ।