अत्यधिक रक्तश्राव हुँदा सुत्केरीको मृत्यु

दैलेख : अत्याधिक रक्तश्राव हुँदा सुत्केरीको मृत्यु भएको छ । काठमाण्डौको बानेश्वरमा रहेको नेपाल निजामती अस्पतालमा दैलेखको नारायण नगरपालिका २ जाहारकोटकी ३३ वर्षीया नेपालीको उपचारका क्रममा मंगलवार मृत्यु भएको हो ।
मंगलवार बिहान बच्चा जन्माएकी लक्ष्मीलाई रक्तश्राव भएपछि रगत दिइएको थियो । दैलेखी सेवा समाज काठमाण्डौका अध्यक्ष प्रताप शाहीले दिएको जानकारी अनुसार बेलुका नै सुत्केरीको मृत्यु भएको जानकारी दिए । लक्ष्मीका यस अघि दुई सन्तान छन् ।मंगलवार बिहान जन्मिएको नवजात शिशुको अवस्था स्वस्थ रहेको शाहीले बताए । उनका श्रीमान् दिपक नेपाली स्वास्थ्य सेवा कार्यालय दैलेखका लेखा अधिकृत छन् ।