Loading... आजः बिहिबार, असार १२, २०८२
Trending

मानव अधिकार वर्ष पुस्तकको अर्धवार्षिक समिक्षा


दैलेख : अनौपचारिक सेवा केन्द्र(इन्सेक)को वार्षिक रुपमा प्रकाशन गर्दै आइरहेको बर्ष पुस्तक घटना अभिलेखको अर्ध वार्षिक समिक्षा गरिएको छ । इन्सेकले सोमबार दैलेख सदरमुकाममा आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक घटना अभिलेखको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रम गरिएको हो ।
कार्यक्रमा जिल्ला न्यायधिस कुलप्रसाद पाण्डेले अनौपपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को मानव अधिकार पैरबीको कामले न्याय सम्पादनको काममा समेत मद्दत पुगेको बताए ।उनले साधन श्रोतको अभावमा न्याय सम्पादन कामहरु अपराध अनुसन्धान, अभियोजन र अदालती तहकीकातमा सोचे जति सुधार नआएको बताउँदै सामाजिक कुरीति, कुसँस्कार, विभेद, असमानता हटाउन राज्यका निकाय र सामाजिक अगुवाहरुले निरन्तर पहल जरुरी रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले प्रहरीको व्यवहार कुनै ठाउँ असहज लागेमा तत्काल सूचना पाउन सके सुधार गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । समुदायको र नागरिक समाजको सहयोग बाटै समाजमा मानव अधिकारको संरक्षण गर्न सकिने उनको भनाइछ ।

नेपाल बार एशोसियसन दैलेखका जिल्ला अध्यक्ष प्रेमबहादुर थापाले इन्सेकले अभिलेखीकरण गर्ने घटना वा अरु नागरिक समाजले पैरबी गर्ने सवालहरु तथ्यमा आधारित हुनुपर्ने सुझाव दिए । । इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले सन् २०२५ को जनवरीदेखि ६ महिना अवधिमा ४९ वटा घटना अलिलेखकरण गरिएकोमा ६८ जना पीडित रहेको जानकारी दिए ।
विवरण अनुसार सबै भन्दा धेरै १४ बालिका बलात्कार, १२ घरेलु हिंसा, ८ बहविवाह, ४ व्यक्ति हत्या, ४ अभद्र व्यवहार, आत्महत्या दुरुत्साहन, २ बाल यौन दुव्र्यवहार र एउटा अपराधिक उपद्रो समेत ४९ घटना अलिलेखीकरण भएको उल्लेख गरिएको छ ।