Loading... आजः बुधबार, मंसिर ११, २०८२
Trending

उद्यमीलाई प्रोत्साहन गर्न प्रर्दशनीमेला


दैलेख :  उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले दैलेखमा लघु उद्यम मेला प्रर्दशनी गरिएको छ । लघु उद्यमीले उत्पादन गरेका वस्तुहरुको वजारीकरण र उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त मेला प्रर्दशनी आयोजना गरिएको बताइएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका प्रमुख शंकर वहादुर थापाले उद्योग तथा उपभोक्ता कार्यलयको वार्षिक कार्यक्रम अनुसार जिल्लामा उद्यमीले उत्पादन गरेका बस्तुको बजारीकरणका लागी टेवा पु¥याउने उद्देश्यले उक्त मेलाको आयोजना गरिएको बताए । उद्यमी हौसला तथा प्रोत्साहन गर्ने उद्देश्यले उक्त मेला आयोजना गरिएको कार्यालय प्रमुख थापाको भनाइछ ।
दुई दिने लघु उद्यममेलामा २३ जना उद्यमी सहभागी भएको र त्यसै बाट छनोट गरी उद्यमीलाई पुरस्कृत समेत गरिएको कार्यालयले जानकारी दिएको छ । कार्यलय अनुसार प्रदर्शनीमा प्रथम हुने लघु उद्यमीलाई नगद बीस हजार र प्रमाणपत्र, द्धितिय हुने लघु उद्यमीहरुलाई नगद दश हजार र प्रमाणपत्र र तृतिय हुने लघु उद्यमीहरुलाई सात हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।
मेलामा एम.के. फुटवेर नारायण नगरपालिका –१ दैलेख प्रथम, मालिका अल्लो प्रशोधन तथा कपडा वुनाई उद्योग नौमूले गाउँपालिका–१ दैलेख र हरिचक्र एग्रो एण्ड डेरी उद्योग भैरवी गाउँपालिका ७ दैलेख द्धितिय र छवि छाला जुत्ता चप्पल उद्योग भैरवी गाउँपालिका ४ दैलेख र कृष्णा होजियारी उद्योग डुङ्गेश्वर गाउँपालिका १ दैलेखले तृतिय स्थान हाँसिल गरेको कार्यालय प्रमुख थापाले जानकारी दिए ।