कर्णाली प्रदेशस्तरीय विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान

सुर्खेत : कर्णाली प्रदेशका विभिन्न जिल्लाका विद्यालयहरूमाझ आयोजित प्रदेशस्तरीय विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शिक्षा विकास निर्देशनालय, सुर्खेतको आयोजनामा भएको कार्यक्रममा कर्णाली प्रदेशका सबै १० जिल्लाबाट प्रतिनिधित्व हुने गरी प्रत्येक जिल्लाबाट एक विद्यालयका दुई विद्यार्थी र एक शिक्षक संरक्षक सहभागी भएका थिए। कार्यक्रमले विज्ञान र प्रविधिप्रतिको विद्यार्थीहरूको रुचि, सृजनशीलता र नवप्रवर्तन क्षमतालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
प्रदर्शनीमा मानसरोवर मावि हुम्लाबाट सहभागी शन्तोस शाही र आकाश शाहीले प्रस्तुत गरेको परियोजनाले निर्णायकहरूको ध्यान खिच्दै प्रथम स्थान हासिल गर्यो। विजेता विद्यालयलाई नगद ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। त्यस्तै, दोस्रो स्थान कर्णाली मावि अनामनगर जुम्लाले प्राप्त गर्दै ३० हजार रुपैयाँ जितेको छ भने, तेस्रो स्थान सुर्खेतको सिद्दार्थ पाठशालाले हासिल गरेर २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। सान्त्वना पुरस्कारको रुपमा सल्यानको त्रिभुवन जनता मा.वि लाई २० हजार रुपैयाँ प्रदान गरिएको छ।
शिक्षा विकास निर्देशनालय, सुर्खेतको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रदेशका सबै १० जिल्लाबाट प्रत्येक जिल्लाबाट १ विद्यालयका २ विद्यार्थी र १ जना शिक्षक संरक्षक सहभागी थिए। शिक्षा विकास निर्देशक दिपा हमालका अनुसार, प्रदर्शनीले विद्यार्थीहरूमा विज्ञान र प्रविधिप्रतिको रुचि, सृजनशीलता र नवप्रवर्तन क्षमतालाई अभिव्यक्त गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताइन ।