सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलित

सुर्खेत: कर्णालीका यातायात व्यवसायीले भोली सोमबारदेखि आन्दोलन गर्ने भएका छन् । निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधा सरह सञ्चालनको अनुमति दिने गरी देशका सबै प्रदेश सरकारले नियमावली ल्याउन लागेको भन्दै सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलित भएका हुन् ।
सवारी ऐन विपरीत संघीय सरकारसँग बाझिने गरी सातै प्रदेश सरकारहरूले निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधा सरह सञ्चालनको अनुमति दिने नियमावली ल्याउन लागेको भन्दै सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका कर्णाली प्रदेशका संयोजक रमेश सापकोटाले बताए । गण्डकी प्रदेश सरकारले ल्याएको जुन विद्येयक छ । त्यो खारेज गरिनुपर्छ,’ उनले भने,‘गण्डकी प्रदेश सरकारले निजी सवारीसाधन सञ्चालन गर्न ल्याएको नियमावली व्यवसायीको हितका छैन् ।’
संघीय सवारी ऐन २०४९ को विपरीत भएको र सबै प्रदेशहरुले यस्तै कानुन बनाएको अवस्थामा सार्वजनिक यातायात क्षेत्र नै धरापमा पर्ने संयोजक सापकोटाले बताए ।‘संघीय ऐनसँग बाझिने गरी छुट्टै नियमावली ल्याउन हुँदैन्,’ उनले भने,‘त्यसको खारेजी नभए १९ गतेदेखि लामो दुरीका सवारी साधन सञ्चालन हुँदैनन् । यातायात व्यवसायीले सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरित संघीय ऐनसँग बाझिने गरी सातै प्रदेश सरकारहरुले ऐन ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले २०८२ जेठ १ गते राजपत्रमा प्रकाशित गरी निजी सवारी साधन ९रातो प्लेट० लाई भाडाको सवारी (कालो प्लेट०)सरह सञ्चालन गर्न लागेकोले आन्दोलनमा जानु परेको सापकोटाले बताए ।