पूर्वराज्यमन्त्री खड्काको निधन

दैलेख : नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री गणेशबहादुर खड्काको ८२ वर्षका उमेरमा निधन भएको छ । दैलेखको नारायण नगरपालिका–७ किमुगाउँस्ति आफ्नै निवासमा उनको आज विहान निधन भएको हो ।
कांग्रेसका दैलेख जिल्ला सभापति खड्का २०४८, २०५१ मा प्रतिनिधिसभा सदस्य र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा समेत गरी तीन पटक साँसदमा निर्वाचित भएका थिए ।
२०५२ मा शेरबहादुर देउवाको मन्त्री मण्डलमा निर्माण तथा यातायात व्यवस्था सहायक मन्त्री बनेका खड्काको पहलमा सुर्खेत–दैलेख मोटरबाटो र बिजुली बत्ति दैलेख सदरमुकाममा पुगेको थियो । २०६६ सालमा माधव नेपालको मन्त्रीमण्डलमा उनी स्थानीय विकास राज्यमन्त्री बनेका थिए । २०२५ सालदेखि राजनीतिमा सक्रिय खड्का २०२७ देखि २०३० सम्मका नेपाली काँग्रेसको जिल्ला उपसभापति र २०३३ देखि २०४८ सम्म सभापति भएका थिए ।