Loading... आजः बिहिबार, अशोज २३, २०८२
Trending

गुठीसस्थान द्धारा जग्गाको कुतवालीको दर नयाँ निर्धारण


दैलेख :  गुठी संस्थानले दैलेख जिल्लको गुठिभित्रका जग्गाको नयाँ दररेट निर्धारण गरेको छ । दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाकोको आग्रह बमोजीम नयाँ दररेट कायम गरेको गुठिसस्थानले जनाएको छ । गुठी संस्थान प्रधान कार्यालयले मालपोत कार्यालय दुल्लु दैलेखलाई परिपत्र गर्दै दैलेख जिल्लाको गुठिभित्र रहेको जग्गाको कुतवालीको दर नयाँ निर्धारण गरि पठाएको छ । गुठी सस्थानले गरेको परिपत्र अनुसार अब्बलको एक पाथी चार मानाको १०१ रुपियाँ ५० पैशा, दोयम एक पाथीको ६७ रुपिँया ५० पैशा,सिमको छ मानाको ५१ रुपियाँ चाहारको तीनमानाको २५ रुपियाँ दर निर्वाधारण गरि पठाएको छ ।
दुल्लु नगरपालिका दैलेखका नगर प्रमुख भरत रिजालले दुल्लु नगरपालिका र भैरवी गाउँपालिकामा रहेको गुठि जग्गाको कर महगो भएपनि नगरपालिकाकाको पहलमा करको दर नयाँ कामय भएको बताए । उनले यहाँका नागरिकले गुठि सस्थानले पहिलो तोकेको कर तिर्न नसक्ने बताएपछि नागरिकका समस्यालाई समधान गर्न गुठिसस्थानलाई पत्रचार गरेपछि गुठिसस्थानले नयाँ दररेट निर्धारण गरि पठाएको बताए । उनले भने आर्थिक वर्ष २०७७/२०७८ मा एक रोपनीको ८० रुपियाँ निर्धारण गरिएको र पछि दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका नागरिकले आन्दोलन गरेपछि आर्थिक वर्ष २०७९/०८० मा प्रतिरोपनी पाँच रुपियाँ तिरेको थिए ।
दुल्लु नगरपालिका–११ कालभैरवका अक्कल तिवारीले गुठि सस्थानले करको दर नयाँ निर्धारण गरेको भएपनि अघिल्लो वर्ष तिरेको कर भन्दा बढि निर्धारण गरिएको बताए । उनका अनुसार आर्थिक वर्ष २०७९/२०८० मा प्रतिरोपनी पाँच रुपियाँ निर्धारण गरि तिरेको कर आर्थिक वर्ष २०८१/२०८२ मा बृद्धि भएर आएको छ । उनले भने एक रोपनीमा लगाएको अन्नवाली उत्पादन नहुने नागरिकले त्यति महंगो कर तिर्न सक्दैनन ।
दुल्लु नगरपालिका–११ का पुर्व वडाध्यक्ष एवम भुमी अधिकार मञ्चका जिल्ला अध्यक्ष खगेन्द्र थापाले गुठी सस्थाले नयाँ निर्धारण गरेको रेट मानाको भए महंगो भएको र रोपनीको भए राम्रो भएको प्रतिक्रिया दिए । उनले भने गुठि सस्थानले निर्धारण गरेको दर रेटका विषयमा बुझ्न आफु मालपोत कार्यलय गएर प्रतिक्रिया दिन्छु । गुठी जग्गामा हाल लगाइएको राजस्व दर रैकरको भन्दा २५० गुणा बढी रहेको जनगुनासो व्यापक रहेको थियो । उच्च दरमा कर तिर्नुपर्ने र त्यस्तो जग्गा न त प्रयोग गर्न सकिने न त सजिलै विक्रि गर्न सकिने अवस्था हुँदा सर्वसाधारण मारमा परेका समेत छन । गुठी सस्थानका केन्द्रिय अध्यक्ष शिवराम पण्डित दैलेख जिल्लामा आएको बेला गुठीको समस्या समधान गर्ने प्रतिबद्धता अनुसार नयाँ दररेट निर्धारण गरिएको बताइएको छ ।