कर्णाली प्रदेशसभा बैठक स्थगित

सुर्खेत : कर्णाली प्रदेश सभामा प्रतिपक्षका सांसद उपस्थित नभएपछि बैठक स्थगीत गरिएको छ । विषय सूचीमै प्रवेश नगरी जेठ १८ गतेसम्मका लागि प्रदेश सभा बैठक स्थगित गरिएको भएको छ ।
सोमबार बसेको प्रदेशसभा बैठकका लागि आइतबार कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस हुने र महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदन २०८२ पेस गर्ने कार्यसूची तयार गरेको थियो । तर बैठकमा प्रतिपक्ष दलका कोही पनि प्रदेशसभा सदस्यहरू उपस्थित नभएपछि बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो ।