Loading... आजः बुधबार, मंसिर ११, २०८२
Trending

भिरबाट लडेर युवकको मृत्यु

दैलेख :  दैलेखमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको भगवतीमाई गाउँपालिका–३ स्थित सान्तडामा २१ वर्षीय निमबहादुर चन्दको भिरबाट लडेर मृत्यु भएको हो ।

वेस्तडा बजारदेखि भगवतीमाई गाँउपालिका– ३ मेहेलतोलीमा रहेको घर जाने क्रममा भिरबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक देविराम भण्डारीले जानकारी दिए । गएराति करिब १० बजेर वेस्तडा बजारबाट घर जाने क्रममा सान्तडाको भिरबाट लेडेर चन्दको मृत्यु भएको उनले जानकारी दिए ।