Loading... आजः बिहिबार, अशोज २३, २०८२
Trending

सत्तातर्फ मओबादीको ध्यान छैन : प्रचण्ड

 

दैलेख : नेपाल कम्युनिष्ट पार्टी(माओबादी)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सत्तातर्फ माओबादी केन्द्रको ध्यान नभएको बताएका छन । जनता संग माओबादी मध्यपहाडी लोकमार्ग जनता जागरण अभियान अन्र्तगत दैलेख सदरमुकाममा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै यनले सो कुरा बताएका हुन । उनले बिगतमा भएका कमी कम्जोरीलाई सुधार गर्ने र २०८४ मा बुहमत प्राप्त गरी संबिधान संशोधन मार्फत देशलाई समाजबाद उन्मुख बनाउन अभियान संचालन गरिएको बताए ।
माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकारले देशमा ठुलठुला विकास आयोजना अघि बढेको दाबी गर्दै पुन एक पटक माओबादीलाई बहुमत दिएको खण्डमा देशमा समाजबाद ल्याउने घोषणा गरे । उनले भने जनताको बलमा नेकपा माओबादी केन्द्र तीन पटक सरकारको नेतृत्व गरेको भएपनि हामीले देशका गरिब किसान, मजदुर, दलित, मुस्लिम, जनजाति, महिलालगायत उत्पीडित वर्ग र समुदायलेको योगदानलाई बिर्सेको जस्तो भएपछि पार्टी केन्द्रिय कमिटीको बैठक बाट निर्णय गरेर जनता संग माओबादी अभियान आरम्भ गर्नु परेको छ ।
सरकारमा भएको बेला जनताका नजिक जति जानु पथ्र्यो, जनताका पीडा सुन्नु पथ्र्यो, त्यति नसकिएको बताउँदै उनले पुन एक पटक जनता संग आत्मसमिक्षा र आत्मआलोचना गरी मिसन २०८४ सफल पार्ने बताए । अध्यक्षले प्रचण्डले माओवादी केन्द्र बलियो भयो भने मात्रै जनता बलियो हुने दाबी गरे तत्कालीन द्धन्दको समयमा दैलेखमा केही कमजोरी भएको स्वीकार गर्दै दैलेख जनताको त्याद र योगदानका कारण देशलाई संघिय लोकतान्त्रीक गणतन्त्र स्थापना गर्न सहयोग पुगेको अध्यक्ष प्रचण्डको भनाइ थियो ।
नेकपा माओबादी केन्द्रको नेतृत्वमा सरकार गठन भएको बेला आफु प्रधामन्त्री र तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराई हुँदा मध्यपहाडी जिल्लाहरु लाई जोड्ने मध्यपहाडी पुष्पलाल लोकमार्गको सुरु गरेको र त्यसले सार्थकता प्राप्त गरेको बताए । उनले पार्टी सरकारमा रहेको बेला देशको लोडसेडिङ हटाएको,क्यान्सर जस्ता रोगको उपचारको ब्यबस्था गरेका, सुशासनका लागी भ्रष्टहरुलाई खोजी खोजी कार्वाही गरेको ,नागरिकता, मिटर व्याज र अन्य नागरिकले भोग्दै आएका अत्याचारका विरुद्ध काम गरेकै कारण सरकार बाट हट्न परेको बताए ।
अहिलेको सरकारले गरेको भ्रष्ट्राचार, अत्याचार विरुद्धको माओवादिले जनतासँग अभियान थालेको बताउँदै जनताको साथ पाएको खण्डमा त्यसका बिरुद्ध सशक्त भएको लाग्ने प्रचण्डले बताए । उनले आफ्नो पुर्खैली थलो दैलेखको दह रहेको बतादै आफु प्रधानमन्त्री भएको बेला दासु भट्टको शालीक अनावरण गरेको बताए । जनता जागरण अभियानमा केन्द्रीय उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अग्नी प्रसाद सापकोेटा, नन्दबहादुर पुन, पम्फा भुसाल, महासचिव देश गुरुङ,उपमहासचिव जनार्दश शर्मा लगायतका नेताहरु दैलेख पुगेका थिए ।