कर्णाली नदीमा डुबेर बेपत्ता

दैलेख : पौडी खेल्दै गर्दा कर्णाली नदीमा डुबेर एक जना वेपत्ता भएका छन् । दैलेखको चामुण्डाबिन्द्रासैनी नगपालिका–९ दौसुरका १५ वर्षीय भूपेन्द्र सावनको आज दिउँसो कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका प्रहरीले जनाएको छ ।
मलामी गएको बेला कर्णाली नदीको लामादुवाला घाटमा पौडी खेल्ने क्रममा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले जानकारी दिए । पालतडा र तल्लोडुंगेश्वरबाट समेत प्रहरी परिचालन गरी खोजी चलिरहेको तर फेला नपरेको उनले बताए ।