उद्योग बाणिज्य संघको अध्यक्षमा थापा निर्वाचित

दैलेख : दैलेख उद्योग बाणिज्य संघको दशौं अधिवेशनबाट अध्यक्षमा नरेन्द्रबहादुर थापा निर्वाचित भएका छन । बिहीबार भएको निर्वाचनमा ३३१ मत प्राप्त गरी उनी निर्वाचित भएको निर्वाचन अधिकृत प्रेम थापाले जानकारी दिए ।
उनका प्रतिद्वन्द्वी राजेशकुमार हमालले २१५ मत प्राप्त गरेका छन । बिहीबार रातिदेखि थालिएको मतगणनाको अन्तिम परिमाण शुक्रबार विहान घोषणा गरिएको परिणाम अनुसार बाँकी १६ जना सदस्यहरु पनि अध्यक्ष थापाको प्यानल नै निर्वाचित भएका छन् ।
निर्वाचित सदस्यहरुमा कुमार प्याकुरेल, गगनबहादुर कार्की, ध्रुवविक्रम थापा, प्रकाश गहतराज, राधा पंगाली ज्ञवाली, रामबहादुर बिक र सन्तोष श्रेष्ठ नेपाली काँग्रेस समर्थक हुन भने कविराज ठगुल्ला र भेषराज भण्डारी नेकपा माओवादी केन्द्र निकट ब्यबसायी हुन ।