Loading... आजः शनिबार, बैशाख ६, २०८२
Trending

कर्णाली सरकारले सञ्चार उपकरण बिमा गरिदिने

दैलेख  :   कर्णाली प्रदेश सरकारले पत्रकार तथा सञ्चारकर्मीहरुका लागि सञ्चार उपकरण बिमा गर्ने भएको छ । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सञ्चारकर्मीहरूका लागि सञ्चार उपकरण बिमा गर्ने भएको हो ।

मंगलबार जारी गरिएको सूचनामा कर्णाली प्रदेशभित्रका सञ्चारमाध्यमका सञ्चालक तथा कार्यरत सञ्चारकर्मीहरूलाई १५ दिनभित्र आवश्यक विवरण पेश गर्न आग्रह गरिएको छ। कर्णाली प्रदेशभर कार्यरत रहेका पत्रकार तथा सञ्चारकर्मीहरुका लागि उपकरण बिमा गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका संचार शाखा कम्युटर अधिकृत तुलसी प्रसाद आचार्यले जानकारी दिए । प्रदेशभर रहेका पत्रकार सञ्चारकर्मीहरुका लागि बिमा गरिएको हो उनले भने प्राकृतिक प्रकोपजन्य, हुलदंगा लगायतका घटनाहरूबाट उपकरणमा हुने क्षति न्यूनिकरण गर्न सञ्चार बिमा गरिएको हो ।ु

यो बिमा व्यक्तिगत र संस्थागत दुबैको हकमा लागु हुने छ । आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अनुसार सञ्चार बिमाका लागि १० लाख बजेट छुट्याइएको अचार्यले बताए ।