Loading... आजः शनिबार, बैशाख ६, २०८२
Trending

पानी संरक्षण गर्न रिचार्ज पोखरी निर्माण गर्दै गाउँपालिका


कमल शर्मा
दैलेख  :   खानेपानीको मुहना सुक्न नदिन डुङ्गेश्वर गाउँपालिको –४ अवलपराजुलको सामुदायिक बन क्षेत्रमा पानी भरण रिर्चाच पोखरी निर्माण गर्न लागिएको छ । डुङ्गेश्वर गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम डुङ्गेश्वर गाउँपालिका वडा नः –४ गुरुङगाडे सामुदायिक बन र कालापोखारा नारायणथान जगनाथडाँडामा सात वटा रिचार्ज पोखी निर्माण गर्न लागेको जानकारी दिएको छ ।
गाउँपालिकाका रोजगार संयोजक कर्ण बहादुर शाहीले गाउँपालिकामा खानेपानीको अभाव भइराख्ने समस्यालाई समधान गर्नका लागी रिचार्च पोखरी निर्माण गर्न लागिएको बताए । उनले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सामुदायिक बन क्षेत्रमा पानी भरण रिचार्ज पोखरी निर्माण गर्ने कार्य सुरु गरिएको बताए । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमको नौ लाख ४२ हजार रुपिँयामा सात वटा रिचार्ज खोपरी १४ जनाको रोजगारी समेत सिर्जना गरी बनाइएको बताए ।
डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले गाउँपालिकामा खानेपानीका मुहान सुन्न नदिन सामुदायिक वनभित्र पहिलो पटक रिचार्ज पोखरी निर्माण गर्न लागिएको बताए । उनले तल्लोे भेगका खानेपानीको मुहान सुक्न नदिन तथा चिस्यान कायम राख्न, बढी चिस्यान आवश्यक पर्ने वनस्पति संरक्षण तथा वन्यजन्तुलगायतका जीवजन्तुका लागि आवश्यक पर्ने पानी उपलब्ध गराउने उद्देश्यले रिचार्ज पोखरी निर्माण गरिएको बताए । उनले भने पहिलो पटक गाउँपालिकाले यो अभ्यास गरेको र अभ्यास प्रभावकारी भएको खण्डमा विभिन्न वडाका सामुदायिक बनमा रिचार्ज पोखरी निर्माण गर्नेछौँ । डुङ्गेश्वर गाउँपालिका–५ स्थानीय सुरेन्द्र कार्कीले पानीका मुहान संरक्षण गर्न र चिस्यान कायम राख्न प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत उक्त पोखरी निर्माण गर्न लागिएको बताए े । उनले पानीको मुहान संरक्षण सैग आफुहरुले रोजगारी पाएको बताए । उनले भने रोजगारी पाएका छौँ त्यसले आफुुहरुको खानेपानीको मुहान समेत संरक्षण गर्न सहयोग पुग्ने विश्वास लिएका छौँ ।

जगलमुनी बस्ती भएपनि पानीका लागी सधै दुःख पाइरहेका नागरिकलाई पानीको मुहान सरक्षण गर्ने उद्देश्यले आफुहरुले धेरै मेहेनत गरेरे रिजार्च पोखरी निर्माण गर्न लागको गाउँपालिका–५ कै गोपाल दमाइले बताए । उनले जलबायु परिवर्तनका कारण भएका पानीका मुहान सुक्ने र त्यहाका नागरिकलाई खानेपानी पु¥याउनै सकस हुने समस्यालाई समधान गर्न सहयोग पुग्ने बताए । उनले भने प्रधानमन्त्री रोजगार कार्यक्रममा अहिले १४ जनाले रोजगारी समेत पाएका छौँ ।
डुुङ्गेश्वर गाउँपालिका वडा –४,५ का अधिकाँस भागलाई खानेपानी आपुर्तीका १५ किलो मिटर टाँढामा रहेको रकचना खानेपानी आयोजना मार्फत खानेपानीको आपुर्ती भइरहेको भएपनि अहिले पनि पानीका लागी घण्टौ कुर्नु पर्ने बाध्यता रहेको स्थानीयले बताएका छन । स्थानीय पदम न्यौपानेले स्थानीय सरकार आएपनि यहाँका नागरिकलाई खानेपानीको सुविधा पु¥याउन नसकेको बताए । उनले भने गाउँपालिकाले नागरिकलाई स्वच्छ खानेपानीको ब्यवस्थापन गर्नु पर्ने भएपनि त्यस तर्फ ध्यान दिएको छैन ।