Loading... आजः शनिबार, बैशाख ६, २०८२
Trending

१०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ  :   कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले मङ्गलबार एक कार्यक्रमबिच लोगो र मस्कट सार्वजनिक गरेका हुन ।

१०औँ खेलकुदको मस्कटमा लोपोन्मुख जनावर रेडपान्डा रहेको छ । यस्तै लोगोमा लोगोमा सात रङ्ग, चन्द्र र सुर्य झन्डा अङ्कित रहेको छ । खेलकुद मन्त्री चौधरीले लोगो र मस्कट कर्णाली प्रदेशको माटोसँग मिल्ने खालको रहेको बताए । लोगो र मस्कट दुवै विकास तमकुजुले बनाएका हुन । कार्यक्रममा १०औँ खेलकुदको खेलाडी दर्ताका लागि अनलाइन पोर्टल र खेलकुदको डेडिकेटेड अनलाइन पोर्टल समेत सार्वजनिक गरिएको छ ।

लगातार सर्दै आएको १०औँ खेलकुदमा सहभागी टोली र खेल संख्या अझै ढुङ्गो लागेको छैन । यसअघि २०८१ मङ्सिर र त्यसपछि यही चैतमा हुने भनिएको राष्ट्रिय खेलकुद पुनः जेठमा सारिएको हो ।