Loading... आजः शुक्रबार, अशोज २४, २०८२
Trending

एकिकृत समाजबादीको जिल्ला अध्यक्षमा अधिकारी

दैलेख  :  एकिकृत समाजबादी पार्टिको जिल्ला अध्यक्षमा मयाराम अधिकारी निर्वाचित भएका छन । शुक्रवार भएको पार्टीका आठौँ जिल्ला अधिबेशनले मयाराम अधिकारीको अध्यक्षतामा ५२ सस्दय जिल्ला कार्यसमिति सर्बसम्मत निर्वाचित गरेको हो । जिल्ला कार्य समितिको उपाध्यक्षमा जगत पन्त, राज बहादुर शाही सचिवमा दिपक हमाल उपसचिवमा सुरेन्द्र बहादुर शाही,मिन बहादुर बस्नेत महिला उपसचिवमा टिकादेवी सिहलाई सर्बसम्मत चयन गरेको छ ।
सदस्यहरुमा इन्द्र बहादुर थापा, जय बहादुर खड्का,दिपक रावत गगनसरा रावत,कोपिला कुमारी खड्का,ललित बहादुर थापा, नर बहादुर मगर,भिमबहादुर सलामी लगायत ५२ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको पार्टी उपसचिव सुरेन्द्र बहादुर शाहीले जानकारी दिए । उनले पार्टीको अधिबेशन बाट नयाँ नेतृत्व चयन गरिएको र छुटेका साथीहरुलाई पनि समेटेर लैजाने विषयमा कार्ययोजना बनाएर अगाडी बढ्ने बताए ।