Loading... आजः शनिबार, बैशाख ६, २०८२
Trending

उपभोक्ताको अधिकार सुनिश्चित गर्न प्रविधिमैत्री अनुगमन


कमल शर्मा
दैलेख :  उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न प्रविधिमैत्री अनुगमनमा जोड दिनुपर्ने सरोकारवाला निकायले बताएका छन । विश्वउपभोक्ता अधिकार दिवस २०२५ को अवसरमा आयोजित विश्व उपभोक्ता अधिकार दिवसमा आयोजित कार्यक्रममा बोल्न अधिकाँस बक्ताले प्रविधिमैत्री अनुगमन गर्न आवश्यक रहेको बताएका हुन ।
निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाले नेपालले अन्तराष्ट्रिय स्तरमा गरेका सम्झौता,बनेका नीती नियम बनेपनि त्यसको कार्यान्वयन गर्न कठिनाई भएको बताए । उनले उपभोक्ताको अधिकारलाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बजार अनुगमन गर्ने गरिएपनि बजार अनुगमन गर्ने प्रविधि नभएका कारण अनुगमन प्रभावकारी हुन नसकेको बताए । उनले भने बजार अनुगमन गर्न जाँदा त्यस सम्बन्धि आवश्यक उपकरणहरु नहुँदा उपभोक्ताको अधिकार उलङघन गर्नेलाई कार्वाही गर्न सकिएको छैन ।
उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र थापाले उद्योग बाणिज्य संघमा आवद्ध भएका ब्यवयसायीलाई उपभोक्ताको अधिकारको ख्याल गरी ब्यापपार ब्यबसाय गर्न ब्यबसायीलाई आग्रह गरिएको बताए । उनले उद्योग बाणिज्य संघमा आवद्ध सबै उद्योगी ब्यबसायीलाई आफुहरुले पटक पटक सचेतना गरिएको बताए । उनले भने हामी ब्यबसायी पनि उपभोक्ता हौँ हामीले हाम्रो अधिकारीका विषयमा बेला बेलामा अनुगमन गर्ने गरेका छौँ ।
गैर सरकारी सस्था महासंघ दैलेख डिल कुमारी चन्दले उपभोक्ताको अधिकारका लागी उपभोक्तानै जाग्नु पर्ने बताइन । उनले उपभोक्ताले आफुले उपयोग गर्ने सामाग्री गुणस्तर भए नभएको वा आफुहरु ठगि भएको विषयमा सम्बन्धित निकायमा उजुरी गर्ने गरेको खण्डमा उपभोक्ता अधिकार सुनिश्चित हुने बताइन । उनले भनिन अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न निकायले उपभोक्तालाई प्रथामिकता दिएर इमान्दार भएर ब्यबसाय गनुपर्ने पर्दछ ।
उपभोक्ता अधिकार मञ्चका अध्यक्ष अम्मर सुनारले उपभोक्ताहरु आफै जागरुक नभए सम्म अधिकार स्थापीत हुन नसक्ने बताए । उनले अधिकारका लागी उपभोक्ता जागरुक हुने र बदमासी भएकाहरुलाई कानुनी कठघरमा उभ्याइएको अबस्थामा मात्र त्यसले सार्थकता पाउने बताए । उनले भने बजार अनुगमनका नाममा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बजार अनुगमन गर्ने गरिएपनि त्यसले प्रभावकारी काम गर्न नसकको देखिन्छ । उपभोक्ताको न्युनत्तम अधिकार के हुन उपभोक्ता ठगिएका छन वा छैनन त्यसका विषयमा सम्बन्धित सरोकारवाला निकायले आम नागरिकलाई सचेतना जगाउन जरुरी रहेको उनको भनाइ थियो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कार्यक्रम अधिकृत पर्शुराम आचार्यले बजार अनुगमन गर्ने गरिएको भएपनि आफु संग गुणस्तर परीक्षण प्रविधि नहुँदा अनुगमन प्रभावकारी हुन नसकेको बताए । उनले उपभोक्ता संरक्षण ऐन २०७५ ले बस्तु वा सेवाको सहज पुहँच, स्वच्छ प्रतिष्पर्धात्मक मुल्यमा गुणस्तरीय बस्तुको बिक्रि गर्नु पर्ने प्रावधान भएपनि त्यसको कार्यान्वयनमा समस्या भएको बताए । उनले भने उपभोक्ता संरक्षण ऐन २०७५ र बजार अनुगमन निर्देशिका २०७९ लाई पुर्ण रुपमा कार्यान्वयन गर्न सबै सरोरकारवाला निकाय लाग्नु पर्ने देखिन्छ ।