Loading... आजः बिहिबार, अशोज २३, २०८२
Trending

रुखले च्यापीएर दुई जनाको मुत्यु


दैलेख  :   रुखले च्यापीएर दुई जनाको मृत्यु भएको छ । भैरबी गाउँपालिका–५ को सियाला सामुदायिक बन खाल्तडामा रुख ढाल्नेक्रममा बिहान दश बजे च्यापीएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नावय उपरिक्षक सुनिल दहालले भैरवी गाउँपालिका–५ का भैरवी गाउँपालिका –५ को वर्ष ४९को तर्क बहादुर भनिने कालु शाही र वर्ष २७ को इन्द्र बहादुर शाहीको मृत्यु भएको जानकारी दिए । उनले रुखले च्यापीएर घाइते भएका दुबै जनालाई उपचारका लागी अस्पताल लैजानका लागी ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जानकारी दिए । सडक भन्दा एक घण्टाको दुरीमा दाउरा काट्न गएको र सडक सम्म ल्याउन नपाउँदै दुबै जानको मृत्युभएको प्रहरी प्रमुखको भनाइछ ।
घटनाको स्थलगत अनुसन्धान गर्न पुगेका प्रहरी निरीक्षक देविराम भण्डारीले रुखले च्यापेर मृत्यु भएका दुबै जनाको लाश जाँच गरी पोष्टम्यार्टमको लागी दुल्लु अस्पतालमा लैजाने तयारी गरिएको बताए । उनले लाश जाँच गरी घटना मुचुल्का प्रतिबेदन बनाएर पोष्टम्यार्टम गरी आफन्तलाई बझुाउने बताए । मृतक इन्द्र बहादुर शाहीको आमाको वार्षिक पुन्यतिथिका लागी सामुदायिक बन संग पुर्जी काटेर दाउरा काट्न गएका थिए ।