Loading... आजः शनिबार, बैशाख ६, २०८२
Trending

पुर्खौली थातथलो खोज्दै गाउँतीर आउने बढे


कमल शर्मा
दैलेख  :   पछिल्लो सयम दैलेखमा आफ्नो पुख्र्यौलीथलो खोज्दै दैलेखमा आउने मानिसको संख्या बढ्दै गएको छ । दैलेख ३२ जातजातीको उद्दगमथलो भएको किम्बदन्ती अनुसार आफ्ना पुर्खाहरुले छोडेर गएको थातथलो खोज्दै दैलेख आउनेक्रम बढ्दै गएको पाइएको हो ।

दैलेखमा मंगलवार मात्र दुल्लु नगरपालिका –५ रिजुपोखरामा भएको विन्द्याबासिनी मन्दिरको पुजा गर्न नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम पुर्बमन्त्री मिनेन्द्र रिजाल लगायतको जम्म्बोटोली उक्त स्थानमा पुगेको छ । दैलेखको दुल्लु नगरपालिका–५, रिजुमा रिजाल थरका धनञ्जय गोत्री वन्धुहरूको आदीभुमी तथा उद्दगम स्थलमा रिजुमा नेपालकै चर्चित वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको संयोजकत्वमा उक्त टोली दैलेख पुगेको हो ।

रिजाल बन्धुहरुको अनुष्ठान ब्यबस्थापन समितिका अध्यक्ष भुपेन्द्र रिजालले रिजालवंशावलीका आधारमा गढवाल, कुमाउँ, बैतडी, डोटी हुँदै अछाममा पहिलोपटक प्रवेश गरी दुल्लु बसेको र दुल्लु बाट विभिन्न जिल्लामा फैलिएका कारण पहिलो पटक रिजालबन्धुहरु दुल्लुको रिजुमा जम्मा भएको बताए । उनले रिजालबन्धुहरु बाट देशका विभिन्न जिम्मेवारीमा रहेका नेता,डाक्टर लगायतको टोलीले आफ्नो पुख्र्यौली थातथलोमा पुजा गर्ने उद्देश्ले धार्मिक अनुष्ठान आयोजना गरिएको बताए । उनले भने रिजाल बन्धुहरुको आयोजनामा गर्न लागिएको विन्द्याबासीनीमाई भगवतीमाईलाई कुल देवीका रुपमा पुजा गर्ने भकाएका कारण मन्दिर परिसरमा धार्मिक अनुष्ठान लक्ष्यदिप सहित ३५ फिट अग्लो त्रिशुल समेत स्थापना गरिएको छ ।

कार्यक्रममा एमालेका नेता तथा पूर्व संभिधान सभा सदस्य लक्ष्मीप्रसाद पोखरेलले दैलेख ३२ जातजातीको उद्दगम स्थल भएको र त्यसका आधारमा विभिन्न समयमा विभिन्न जातका ब्यक्तिहरु समेत दैलेख पुग्ने गरेको बताए । उनले केही समय अघि चुनावी अभियानमा एमालेका नेता ईश्वर पोखरेल समेत दुल्लु पुगेको बताए । उनले भने देशका विभिन्न जातजातीहरु मध्ये धेरैको उद्दगम स्थल दैलेख भएका कारण दैलेख आउनेक्रम बढ्दै गएको छ ।

त्यस्तै २०७३ सालमा नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल दैलेखको दुल्लु नगरपालिका–३ मा रहेको नेपा गाउँमा पुुगेका थिए । आफ्नो कुलदेवतालाई पुजा गर्ने दुल्लु नगरपालिका–३ नेपा पुग्नुभएका नेपालले आफ्नो पुर्खाहरुको थातथलो दुल्लु भएको भन्दै आफु पुजा गर्न दैलेखको पुगेको बताएका थिए । पुर्वप्रधानन्त्री नेपालका आफ्ना नातेदार अहिले पनि दुल्लुको नेपामै रहेका छन ।

२०६९ सालमा नेपाली काँग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री स्वर्गिय शुसिल कोइराला दुल्लुमा रहेको कोइराला गाउँमा पुगेर आफ्नो जन्मुमी यही रहेको भन्दै आफ्ना पुर्खाहरु दुल्लुको कोइराला गाउँ बाट विभिन्न भू–भागमा गएको बताएका थिए ।
त्यस्तै दुल्लु नगरपालिका–१२ मा रहेको दह गाउँमा गत जेठ ३१ गते पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड पुख्र्यौली थलो दह गाउँमा पुगेका थिए । दैलेखको दुल्लु नगरपालिका –१२ दहगाउँमा कुल शिरोमणि दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठान केन्द्रिय कार्यालय काठमाण्डौँले अयोजना गरेको बत्स गोत्रीय दहाल, लम्साल,रुपाखेती कुवर राणा परिवारका आदी पुरुष कुल शिरोमणी दासुको सालिक(प्रतिमा) अनावरण गर्न पुख्र्यौली गाउँ दहमा पुगेका थिए ।

दाशुको शालीक अनावरण गर्दै पूर्व प्रधानमन्त्री दहालले आफ्नो बुबाले आफ्नो पुख्र्यौली थलो पश्चिम रहेको बताए पनि जुम्लाको दह वा दैलेखको दह कहाँ हो भन्ने कन्फुज भएको बेला दहगाउँमा आफुहरुको पुख्र्यौली थलो भएको पुष्टि भएको बताएका थिए । उनीहरु मात्र होईन दैलेख ३२ जातजातीको उद्दगम थलो भन्दै पछिल्लो समय आफ्नो जन्मथलो सम्झेर आउनेहरुको संख्या बढ्दै गएको छ । दुल्लु नगरपालिकाका नगर प्रमुख भरत रिजालले दुल्लु नगरपालिका–५ मा रिजु बाट देशका विभिन्न भुभागमा छरिएर बसेका रिजालबन्धुहरुका जन्मथालेतीर आउनेहरुको संख्या बढ्दै गएको बताए । उनले यहाँ बाट भारत, भुटान लगायतका देशमा रिजालहरु रहेको र अहिले आफ्नो पुर्खैलीथलो सम्झेर आउने गरेको बताए ।

दैलेख जन्मथलो भएर देशका विभिन्न स्थानमा बसोबाँस गर्नेहरु आफ्नो पुर्खैयली खोज्दै दैलेख आउन थालेपछि दैलेखमा रहेका आफना दाजुभाईहरुले समेत आफ्नो सन्तानहरु यहाँरहेछन भनेर जानकारी समेत पाउने गरेका छन । दैलेख ३२ जातजातीको उद्दथम थलो भन्ने माथीका प्रमाणहरुले पुष्टि समेत गरेको छ ।

दैलेखको दुल्लु गाउँबाट दुलाल,बाँसी बाट बस्याल,बडबाट बडुवाल,बराल,लम्जीबाँट लम्जेल,नेपा बाट नेपाल, कोइरागाउँबाट कोइराला,लयाटिबाट लुईटेल,भुर्तीबाट भुर्तेल,दवाडाबाट दवाडी,पराजुल बाट पराजुली,दह बाट दहाल,कट्टि बाट कट्टेल, रिजुबाट रिजाल,हुमेगाउँ बाट हुमागाई रहेको किम्बदन्तीमा उल्लेख गरेको पाइनछ । आफ्नो पुख्र्यौली थलोमा आउनेहरु बढ्दै गएपछि दैलेखमा आन्तरिक देखी बाह्य पर्यटनको संख्या समेत बृद्धि भएको छ ।