पार्टी सुदृढिकरण र प्रशिक्षणमा ब्यस्त राजनितिक दल
दैलेख : जिल्लामा रहेका प्रमुख राननितिक पार्टीले पार्टी सुदृढिकरण अभियानलाई तिब्रता दिदै आएका छन । जनताका समस्या पहिचानसँगै पार्टीलाई वडा देखी सांगठानिक रुपमा बलियो बनाउँन पार्टीहरुले विभिन्न अभियानहरु चलाएका हुन । नेपाली काँग्रेसका जिल्ला सभापति मणिराम रेग्मीले पार्टीले शसक्त बनाउका लागी पार्टीका वडा ,क्षेत्र,जिल्ला सम्मेलनहरु संचालन गरिएको बताए । उनले पार्टीको १५ औँ महाधिबेशन तयारी र पार्टीको क्रियाशिल सदस्यता नविकरण जस्ता कार्यहरु भइरहेको बताए । उनले भने बिगत भन्दा नेपाली काँग्रेस नयाँ योजना निर्माण गरी अगाडी बढिरहेको छ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधि जानकी सिहले दैलेखमा नेपाली काँग्रेस पार्टीलाई एक ढिक्का बनाएर लैजाने र पार्टी संगठनको सुद्धृढिकरणका लागी पार्टीको सय दिने अभियान प्रभावकारी रुपमा सम्पन्न गरिएको बताइन । उनले दैलेखमा नेपाली काँग्रेस बिगत भन्दा फरक ढंगले शसक्त भएर जाने र आउने निर्वाचनमा पहिलो पार्टीका रुपमा स्थापीत गराउने तर्फ उन्मुख रहेको बताइन । उनले भनिन हामीले अहिले संचालन गरेका अभियान बिगतमा पनि संचालन गरेको भए पार्टीले बिगतका निर्वाचनमा समेत राम्रो नतिजा प्राप्त गर्नेथियो ।
त्यस्तै जनताका समस्या पहिचानसँगै वडा स्तरमा पार्टीको अवस्था बुझ्न एमाले दैलेखले जिल्लाका ९० वटै वडा केन्द्रित अभियान संचालन गरेको छ । पाटीको राष्ट्रिय नीति अनुसार तीन महिनासम्म सञ्चालन हुने अभियान अन्तर्गत दैलेखमा एमालेले जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेतादेखि टोल स्तरका नेताहरूलाई वडा केन्द्रित अभियानमा परिचालन समेत गरेको छ ।
तीन महिनासम्म सञ्चालन हुने अभियान मार्फत वस्ति स्तरमा रहेका जनताका समस्याको पहिचान गरी समाधान गर्ने पहल संगै पार्टीका नेता तथा कार्यकर्तालाई शसक्त बनाउने अभियान रहेको एमाले दैलेखका अध्यक्ष सूर्यबहादुर शाहीले तीन महिनासम्म सञ्चालन हुने वडा केन्द्रित अभियानले पार्टीलाई बलियो बनाउने उद्देश्य राखिएको बताए । उनले भने एमाले भन्दा बाहिर रहेकाहरुलाई पार्टीमा ऐक्यबद्धता गराउने वडा केन्द्रित तीन महिने अभियानको उद्देश्य रहेको छ । अभियानमा सरकारले गरेका राम्रो कामका विषयमा समेत जनताका बिचमा राख्ने बताइएको छ ।
नेकपा माओबादी केन्द्र पार्टि समेत पछिल्लो समय पार्टीका पालीका स्तरीय अधिबशेन तथा पार्टी सुद्धृढिकरण अभियानमा रहेको नेकपा माओबादीकेन्द्र दैलेखले जानकारी दिएको छ । नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक गोपाल रिजालले बिगतको समिक्षा गर्दै पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापीत गराउँन विभिन्न अभियान संचालन गरिएको बताए । उनले पार्टीमा रहेको सबै नेता तथा कार्यकर्तालाई प्रशिक्षण गर्ने, उनीहरुका समस्याको पहिचान गरी समधानका लागी प्रयास गर्ने काम भइरहेको बताए ।
दैलेखमा रहेको ११ स्थानीय तहमा २०७९को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले ठाटिकाँध गाउँपालिका,दुल्लु नगरपालिका,भैरवी गाउँपालिकाको प्रमुख र भगवतीमाई गाउँपालिका, भैरवी,महावु गाउँपालिकामा उपाध्यक्षमा बिजयी हुँदा नेकपा एमाललले नारायण नगरपालिका, आठबिस नगरपालिका,गुराँस गाउँपालिका,डुगेश्वर गाउँपािलकामा दुबै पदमा बिजयी हुँदा दुल्लु नगरपालिका उपप्रमुख ,महावु गाउँपालिकामा प्रमुख बिजयी भएको छ । नेकपा माओबादी केन्द्रले भने नेकपा एकिकृत समाजबादी पार्टी संगको चुनावी तालमेलमा नौमुले गाउँपालिकाको प्रमुख र भगवतीमाई गाउँपालिकाको प्रमुखमा बिजयी प्राप्त गरेको छ । नेकपा एकिकृत समाजबादी पार्टी बाट नौमुले गाउँपालिकाको उपाध्यक्षमा बिजयी प्राप्त गरेका थियो ।