संचालनमा आउँदैनन फायर हाइडेन्ट

कमल शर्मा
दैलेख : दैलेख सदरमुकामको नारायण नगरपालिका –१ मा पर्ने देवकोटा चोकमा रहेको लाल बहादुर खड्काको घरमा गत बर्ष जेठ २५ गते आगलागी भयो । घरको दोस्रो तलमा रहेको म्यारी गोल्ड मन्टेश्वरीका विद्यार्थीलाई खाजा बनाउने बेला ग्याँस लिक भएर आगलागी भएको थियो । हतार हतारमा विद्यार्थी बाहीर निकालेर स्थानीयको सहयोगमा दुइ घण्टा समय लागेर आगलागी नियन्त्रण गरियो । आगलागी हुँदा समयमै न दमकल आयो न फायर हाइडे«न्ट प्रयोग गरियो ।
त्यस्तै नारायण नगरपालिका–१ मै रहेको साजन अटो पार्टसमा आगलागी भयो । आगलागी बाट अटो पार्टस संगै साटिएर रहेको भुपेन्द्र स्र्टोसको सबै खाद्यान्न पसल जलेर नष्ट भयो । बिहान नौ बजे तीर लागेको आगो नियन्त्रण लिन नसक्दा अन्य पसललाई समेत क्षती गरेको थियो । आगलागी भएको पसल बाट दश मिटर टाढाँ रहेका फायर हाइडे«न्ट प्रयोग हुन सकेन । सदरमुकामका बिभिन्न स्थानमा नारायण नगरखानेपानी तथा सरसफाई उपभोक्ता सस्था द्धारा राखिएका फायर हाइडे«न्ट प्रयोगमा नआउँदा बजार क्षेत्रमा आगलागी हुँदा नागरिकले दमकल नआउन्जेल सम्म घर घर बाट पान्ी बोकेर आगोनियन्त्रण गर्नुपर्ने बाध्यता रहेको छ ।
नारायण नगरपालिका दैलेखका प्रवत्ता एवम वडा नः ६ का वडाध्यक्ष जनक प्रसाद न्यौपानेले आगलागी हुँदा समयमै दमकल समयमै पु¥याउने कुरामा केही कमजोरी भएपनि दमकलले आगलागी नियत्तन्त्रणमा धेरै सहयोग पुगेको बताए उनले बजारक्षेत्रको सडक साघुरो भएका कारण पनि आगलागी भएको स्थानमा सहजै दमकल पुग्न नसक्ने समस्या रहेको बताए । उनले भने हाम्रो भौगोलिक समस्याले बजार क्षेत्रको सडक साघुर हुने र एउटा मात्र दमकल भएकाले पनि एक पटक प्रयोग गरेपछि पुन प्रयोग गर्न कठिन भएको छ ।
नारायण नगर खानेपानी तथा उपभोक्ता सस्थाका कार्यालय प्रमुख इन्जिनिएर राजन खड्काले नगरपालिकाले बजार क्षेत्र भित्र सडक निर्माण गर्दा फायर हाइडे«न्टलाइ प्रयोग गर्न समेत कठिन हुने गरी सडक निर्माण गरेको बताए । उनले सडक निर्माण वा नगरपालिकालले आफ्नो विपद योजना निर्माण गर्दा खानेपानी उपभोक्ता सस्थालाई नबोलाउने र समस्या परेको बेला मात्र विभिन्न आरोपहरु लगाउने काम गरेको बताए । उनले भने बजार क्षेत्रमा राखेका हाइड्रेन्ट लाई कसरी संचालन गर्ने भन्ने सामान्य समेत छलफल नगर्ने समस्या छ ।
होटल पार्कइन दैलेखका संचालक तथा समाजसेवी रुपक थापाले दैलेख सदरमुकामा विभिन्न पसल घर देखी विभिन्न सामुदायिक बनमा लागेको आगो नियन्त्रण समयमै हुन नसकेको बताए । उनले कसैको घर वा पसलमा आगलागी हुँदा आफुहरुले घर–घर बाट पानी बोकेर आगो नियन्त्रणमा लिनुपर्ने बताए । उनले भने दैलेख सदरमुकामका विभिन्न स्थानमा राखिएका फायर हाइड्रेन्ट प्रयोग नगरी त्यसै राखिएको र त्यसको पनि संरक्षण गरिएको छैन । जिल्लाको नारायण नगरपालिका बाहेक अन्य पालिकामा दमकल समेत खरिद गरिएको छैन ।
जिल्लाका विभिन्न स्थान तथा सामुदायिक बनमा आगलागी हुँदा नागरिकले स्याउला समातेर आगोनियन्त्रण गर्ने गरेका छन । गत बैशाख २७ गते दैलेखको आठबिस नगरपालिका–६ मा रहेको माल्या सामुदायिक बनमा आगलागी भएको थियो । आगलागी बाट आठ जना घाइते भएका थिए । आठ जना मध्ये एक जना आठबिस नगरपालिका–६ का ५५ वर्षिय भैरव विकको उपचारको क्रममा भेरी अस्पतालमा निधन भएको थियो ।