Loading... आजः बुधबार, असार ११, २०८२
Trending

कृषि कार्यालय मार्फत साना सिचाइमा पाँच करोड खर्च गरिँदै


कमल शर्मा
दैलेख  :   कृषि विकास कार्यालय दैलेखले ११ स्थानीय तहमा ९१ वटा साना सिचाई आयोजनामा पाँच करोड खर्च गर्न लागेको छ । स्थानीय तहमै पुगेर ९१ वटा साना सिचाई आयोजनाको सम्झौता गरेर पाँच करोड ५० लाख रुपियाँ खर्च गर्न लागेको हो । कृषि विकास कार्यालयका कृषि अर्थबिज्ञ तथा सुचना अधिकारी झलक भण्डारीले साना सिचाई आयोजना बाट लाभान्वित किसानलाई पायक पर्ने स्थानमा नै गएर कार्यालयले योजना सम्झौता गरेको बताए । उनले गाउँपालिका तथा नगरपालिकाका योजना सम्झौता गर्दा योजनाको दोहोरोपन,पारदर्शिता सुशासनलाई समेत सहयोग पुग्ने उद्देश्यले बस्ती स्तरमै पुगेर योजना सम्झौता गरिएको बताए । उनले भने पालिका स्तरमै योजना सम्झौता गर्दा योजना बाट लाभान्वित किसानको समय बचत,उपभोक्ता समितिको खर्च बच्छ ।
गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीले योजना सम्झौता पालिका स्तरमै हुँदा योजनाका विषयमा वास्तविक किसान सम्म पुग्ने बताए । उनले बिगतमा योजना एक ठाउँमा आउने र अर्को ठाउँमा योजना बन्ने समस्या रहेको भन्दै स्थानीय सरकार आएदेखी योजना जहाँका लागी आएको त्यही बन्ने गरेको बताए । उनले भने योजनालाई पारदर्शी र दिगो बनाउँन कृषि मात्र होईन अन्य निकाय बाट बाउने योजनाको समेत आफुहरुले निरीक्षण गरेर मात्र सिफारीस दिने गरेका छाँै ।
जिल्लामा योजना सम्झौता गर्ने आउँदा लाग्ने खर्च र समयको समेत बचत हुने गरेको किसानहरूले बताएका छन् । गुराँस गाउँपालिका–१ का विष्णु बहादुर शाहीले कार्यालयले नै योजना बाट लाभान्वित व्यक्ति खोजेर समुदायमा योजनाको सम्झौता गर्न कार्यालय पुग्नु किसानका लागी सुखद रहेको बताए । उनले योजना आएको भरमा स्थानीय तह र वडा सँग सिफारिस मागी सुटुक्कै गएर योजना सम्झौता गर्ने र काम नगरी भुक्तानी लिने परम्परालाई तोडेको बताए ।
कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार जिल्लाका ११ स्थानीय तहमा आएका ९१ वटा सिचाई आयोजना मध्ये ६५ भन्दा बढी योजनाको सम्झौता गरिएको र बाँकी रहेका योजनाहरू छिटै सम्झौता गर्ने तयारी गरिएको बताइएको छ । कार्यालयका अनुसार आठबिस नगरपालिका १३ सिचाइ आयोजना,ठाटिकाँध आठ,चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ७ वटा,दुल्लु नगरपालिकामा आठ वटा,भैरवी गाउँपालिकामा पाँच वटा,महावु गाउँपालिकामा आठ वटा, डुगेश्वर गाउँपालिकामा तीन वटा ,गुराँस गाउँपालिकामा तीन वटा,भगवतीमाई गाउँपालिकामा दुई वटा र नौमुले गाउँपालिकामा छ वटा सिचाई आयोजना सम्झौता भएका छन् । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बाट विनियोजित भएको पाँच करोड १२ लाख ५० लाख रुपियाँ दैलेख जिल्लामा विनियोजन भएको थियो