Loading... आजः शुक्रबार, फाल्गुन ३०, २०८१
Trending

मोटरसाइकल दुर्घटनामा एकको मृत्यू

दैलेख  :  भगवतीमाई गाउँपालिका–१ मौलेसालमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यू भएको छ । डुंगेश्वर गाउँपालिका–२ लाँकुरीका ३८ वर्षीय तेजबहादुर थापाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।

कर्णाली प्रदेश ०२–००२ प २८७७ नम्बरको मोटरसाइकल दुर्घटनामा उनको मृत्यूभएको हो । मोटरसाइकलले नियन्त्रण गुमाउँदा सडककै अड्केको र थापा सडकबाट करिब १५ मीटर तल खोल्सामा खसेर घाइते भएको अवस्थामा उद्धार गरी दैलेख अस्पताल पु¥याइएको थियो ।

दैलेख अस्पतालमा पु¥याइए पनि चिकित्सकहरुले मृत घोषणा गरेको बताइएको छ । आफन्तको विवाहमा सहभागी भई पुगियाँबाट लाकुरी जान हिंडेका थापा दुर्घटनामा पर्नुभएको थियो । उनी दुई महिना अघि नेपाली सेनाबाट सेवा निबृत भएका थिए ।