निर्माणाधिन पुल अलपत्र, सम्पर्कमा आए ठेकेदार

दैलेख : दैलेखको महावु गाउँपालिका–४ र ५ लाई जोड्ने रपट खोला निर्माणाधीन पक्की पुल निर्माण कम्पनीको लापरबाहीले अलपत्र परेको छ । स्थानीय तह र पूर्वाधार विकास कार्यालयले पटक पटक तोकता गर्दा समेत निर्माण कम्पनीले कुनै सुनुवाइ नगरेका कारण पुल अलपत्र परेको स्थानीय बताइएको छ । पुल २०८२ जेठ ३० गते सम्म निर्माण सम्पन्न गर्ने गरी २०७८ साउन २७ गते भ्याट सहित तीन करोड २५ लाख ७ हजारमा जलजला जयमा स्वर्गद्वारी निर्माण सेवाले सम्झौता गरिएको थियो ।
पूर्वाधार विकास कार्यालय दैलेखका कार्यालय प्रमुख इन्जिनियर पदम प्रसाद देवकोटाले पुल निर्माणका लागी निर्माण कम्पनीलाई ताकेता गरिएको बताए । उनले पुल निर्माण सम्झौताको समयसिमा भित्र सक्न निर्माण व्यवसायीलाई बोलाएर छलफल गरिएको बताए । उनले भने हामीले निर्माण कम्पनीका प्रोप्राइटरलाई मन्त्रालयमा बोलाएर विभागीय मन्त्री, राज्यमन्त्री , निर्देशक र आफू समेतको सहभागीतमा बैठक बसेर निर्माण सम्पन्न गर्न ताकेता गरेका छौँ । । हाल सम्म पुलको दुई वटा पिल्लर हाल्ने बाहेक अन्य काम नभएकाको कामको भौतिक प्रगति ४६ प्रतिशत रहेको कार्यालय प्रमुख देवकोटाको भनाइछ ।
प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय दैलेखले ठेक्का मार्फत पक्की पुल निर्माणको जिम्मा लिएको जलजला जयमा स्वर्गद्वारी निर्माण सेवाका प्रोप्राइटर कुल बहादुर ओलीले पुल निर्माणमा केही ढिला भएको भए पनि अलपत्र नपरेको बताए । उनले पुल निर्माणको म्याद २०८२ जेठ ३० गते सम्म भएका कारण उक्त अवधिभर पुल निर्माण कार्य सक्ने गरी काम गर्न आफू लागी परेको बताए । उनले भने जेठ सम्म निर्माण सम्झौता छ त्यो सम्झौतालाई ध्यानमा राखेर निर्माण सुरु गर्छौ । पछि बर्सातले खोला बढेको अवस्थामा काम गर्न सकिँदैन ।
महावु गाउँपालिकाका अध्यक्ष जङ्ग बहादुर शाहीले आफ्नै पालामा डिपिआर तयार गरी योजना हालेको र आफनै कार्यकालमा सम्पन्न हुने बताए । उनले योजना हालेर बजेट आएपछि ठेक्का भएको थियो । ठेकेदारले काम गरिरहँदा स्थानीय तहको निर्वाचन भयो म पराजित भए । उप निर्वाचन मार्फत पुन विजयी भएको छु । मैरै पालामा निर्माण सेवाले पाएको समय सीमा भित्र काम सम्पन्न गर्नका लागी ठेकेदारलाई ताकेता दिन्छु । उहाँले भन्नुभयो म अहिले ठेकेदार सँगै छु निर्माणका लागी आवश्यक सामग्रीको व्यवस्थापन गर्न लगाएर आफू दैलेख फर्कन्छु ।
महावु गाउँपालिका–का स्थानीय पूर्ण बहादुर शाहीले पुल निर्माण कम्पनीले गरेको लापरबाहीलाई स्थानीय सरकारले समेत वास्ता नगर्ने समस्याका कारण समयै सम्पन्न गर्नु पर्ने पुलको काम अलपत्र परेको बताए । उनले अघिल्लो स्थानीय सरकारले सुरु गरेको पुलको काम पछिल्लो स्थानीय सरकारले त्यसको अपनत्व कायम नगरी निर्माण सेवालाई ताकेता नगरेकै कारण ठेकेदार नै बेपत्ता रहेको बताए । उनले भने उपनिर्वाचन बाट पुरानै नेतृत्व निर्वाचित भएपछि ठेकेद्धारलाई बोलाएर निर्माणको काम सुरु गर्न कम्पनीका कर्मचारी समेत फिल्डमा आइसकेको छन् ।
फोटो क्याप्सन ः ठेकेद्धारले अलपत्र पारेको महावु गाउँपालिका–४,५ जोडने रवटखोला पुल । तस्बिर कमल शर्मा ।