Loading... आजः सोमवार, माघ १४, २०८१
Trending

पेट्रोलियमको स्याम्पल लिएर चीन फर्कियो टोली


कमल शर्मा
दैलेख  :   दैलेखको भैरवी गाउँपालिका–१ पेट्रोलियम पद्धार्थको अन्बेषणको ड्रिलिङ कार्य सकिएसंगै प्राप्त भएको स्याम्पल लिएर चाइनाको प्राविधिक टोली चीन फर्किएको छ । गत बैशाख २८ गते बाट सुरु गरिएको ड्रिलिङ कार्यबाट प्राप्त भएको स्याम्पल एक ट्रकमा राखेर चीन फर्किएको खानी तथा भुगर्भ विभागले जानकारी दिएको छ ।

खानी तथा भुगर्भ विभागका भूर्गर्भबिद प्रकाश लुइटेलले चार हजार १३ मिटर गहिराई सम्म ड्रिलिङ कार्य सकिए संगै त्यस बाट आएका नमुना स्याम्पल लिएर चीनको प्राविधिक टोली फर्किएको बताए । उनले २७ सय मिटर ड्रिलिङ भएपछि प्रत्येक २÷२ मिटर गहिराइबाट निस्किएका ढुंगा र माटो परीक्षण पश्चात संकलन गरिएको स्याम्पल लिएर टोली फर्किको बताए । उनले भने बिज्ञहरुले संकलन गरेको २÷२ मिटरको गहिराइ बाट प्राप्त भएको विवरणका लाई संकलन गरि सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी ३ वटा थप अध्ययनका लागी संकलन गरिएको स्याम्पल लिएर टोली चीन फर्किएको बताउनुभयो । स्याम्पललाई तातोपानी नाका हुदै चीन पु¥याउनका लागी ट्रक जलजले बाट हिडिसकेको छ ।

पेट्रोलियम पद्धार्थको अन्बेषणका लागी गरिएको ड्रिलिङ कार्य सकिए पछि केसिङ र सिमेन्टको काम समेत सकिएको भूगर्भबिद लुईटेलले बताए । उनले पेट्रालिय पद्धार्थको अन्बेषणका लागी चाइना बाट आएको ३५ जनाको प्राविधिक टोली मध्ये १५ जना मात्र जलजलेमा रहेको र अन्य सबै चीन फर्किएको जानकारी दिए । ड्रिलिङ कार्य बाट प्राप्त भएको स्याम्पलको बिशिष्ट अध्ययन चाइनामा हुने र त्यसका लागी तीन महिनाको समय पछि मात्र उत्खननका लागी आर्थिक बिश्लेषण, भण्डारण तथा प्रशोधनका काम अगाडी बढाउन सकिने उहाँको भनाइछ । ड्रिलिङका लागी आवश्यक उपकरणहरु मध्ये पुन प्रयोग हुने उपकरण बाहेक अन्य उपकरणलाई समेत पठाउने तयारी समेत गरिएको छ । ड्रिलिङ कार्य बाट संकलन गरिएको स्याम्पल बाट प्राकृति ग्याँसको सम्भवना बढि रहेको आयोजनाले जनाएको छ ।

गत बैशाख २८ गते बाट सुरु गरिएको ड्रिलिङ कार्य असोज मसान्त सम्म सक्ने पेट्रोलिय अन्बेषण परियोजनाको लक्ष्य राखेको भएपनि जमीनमुखी कडा चट्टान भेटिएका कारण पौष महिना सम्म लम्बिएको थियो । ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । दैलेखको शिरस्थान नाभिस्थान पादुका स्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग सन् २०१९, फेब्रअरी २८ मा सम्झौता भएको थियो ।

सुरुवातमा तीन वर्षभित्र तीन चरणमा काम सक्ने गरी सम्झौता भएको भए पनि कोरोना महामारीका कारण सम्झौता अनुसार काम हुन सकेको थिएन । पहिलो चरणमा चिनियाँ प्राविधिकहरूले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए । त्यसैका आधारमा ड्रिलिङका लागी रिग हावस निर्माण गरी ड्रिलिङ काम सुरु भएको थियो । ड्रिलिङ गरेपछि कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिन्छ भूगर्भविद लुइटेले खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण हुने त्यसपछि मात्र उत्पादनका आवश्यक काम अगाडी बढ्नेछन् ।

चीन सरकारको २ अर्ब ५० करोड रुपैयाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो । अन्वेषण सफल भए देशको आर्थिक अवस्था सुधार हुनुका साथै ठूलो संख्यामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको थियो ।