Loading... आजः शनिबार, माघ १२, २०८१
Trending

प्रस्तावित शिक्षा विद्येकमा सुझाव संकलन


कमल शर्मा
दैलेख :  प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि संसदीय समितिले प्रस्तावित विद्यालय शिक्षा विधेयकमाथि छलफल गरेको छ । समितिले दैलेखको नाररायण नगरपालिका–६मा रहेको रेडक्रस माध्यामिक विद्यालयमा विद्यार्थी,अभिभावक,शिक्षक संग अन्तरक्रिया मार्फत सुझाव संकलन गरेको हो ।
समितिका सभापति अम्मर बहादुर थापाले सातै प्रदेशमा शिक्षा विद्येक माथी छलफल गर्ने कार्यक्रम अनुसार दैलेख जिल्लामा उक्त कार्यक्रमको आयोजना गरिएको बताए । उनले सातै प्रदेश बाट संकलन भएका सुझावहरूकै आधारमा अन्तिम मस्यौदा तयार पारी यही हिउँदे अधिवेशनमा विद्यालय शिक्षा विधेयक संसदमा लैजाने तयारी गरिरहेको बताए । उनले भने शिक्षा विद्येकका बारेमा विद्यार्थी, अभिभावक र शिक्षक संग शिक्षाका सुधारका लागी गर्नु पर्ने काम के के हुनसक्छन भनेर छलफल गरेका हौँ आएका सुझावलाई समेटने काम गर्छौ ।
अन्तरक्रिया तथा सुझाव कार्यक्रममा शिक्षालाई राजनितिक मुक्त बनाउन अभिभावक र विद्यार्थीले सुझाव दिएका छन । नारायण नगरपालिका–६ का अभिभावक रामप्रसाद न्यौपानेले शिक्षा सुधारका लागी विषयगत शिक्षक हुन आवश्यक रहेको बताए । उनले शिक्षक नहुँदा बालबालिकाले गुणस्तरीय शिक्षा पाउँन सकेको छनैनन त्यसका लागी आउने विद्येकमा विषगत शिक्षक अनिवार्य राख्नु पर्ने बताए । उनले भने विषयत शिक्षक नहुँदा समस्या परेको र त्यसका लागी पटक पटक दरखास्त आह्वान गर्नु पर्ने समस्या छ ।
रेडक्रस माध्यामिक विद्यालयका शिक्षक रामचन्द्र रेग्मीले शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउनु पर्ने र त्यसका लागी आवश्यक पूर्वाधार निर्माण तथा उपकरणको ब्यबस्था गरिनु पर्ने बताए । उनले शिक्षकको दरबन्दी अनुसार ब्यबस्था र गलत गर्ने शिक्षकलाई नसियत दिने लगायतका ब्यबस्था विद्येकमा गर्नुपर्ने बताए ।
नारायण नगरपालिका –६ का वडाध्यक्ष जनक न्यौपानेले शिक्षाको गुणस्तर सुधार गर्न स्थानीय सरकार लागि परेपनि त्यसले सार्थकता पाउन नसकेको बताए । उनले नगरपालिकाले शिक्षक दरबन्दी नभएको स्थानमा नगर अनुदान मार्फत विषगत शिक्षक नियुक्त गर्ने गरेको भएपनि महालेखाले त्यसलाई बेरुजु निकाल्नु समस्याका कारण तलव खुवाउन पनि जोखिम मोल्नु परेको बताए । उनले भने शिक्षा सुधारका लागी समितिले पहिलो पटक जिल्लामा आएर सुझाव संकलन गरेकाले वास्तविक कुराहरु विद्येकमा समेटिने आश लागेको छ ।
जिल्लाको एक मात्र बहिरंग विद्यार्थी अध्यापन गराउने विद्यालय रेडक्रस माध्यामिक विद्यालयमा पुर्वाधार निर्माण हुन नसेको भन्दै संघिय सरकारमा पूर्वाधार निर्माणका लागी पहल गर्न समितिका सभापतिले बिशेष चासो दिनु पर्ने वडाध्यक्ष न्यौपानेको भनाइछ । दैलेख जिल्ला बाट निर्वाचित सांसद नै समितिको सभापति भएको र जिल्लाका सवाल धेरै जानकार रहेकाले शिक्षा विद्येकमा दुर्गमका पीडा लेख्नु पर्ने उनको सुझाव थियो । शिक्षक सम्वद्ध पेशागत घटक संस्था, शिक्षक महासंघ, शिक्षाविद् लगायतले भने स्थानीय तहमा शिक्षाको अधिकार दिंदा दलीय प्रभाव बढेको र शिक्षा क्षेत्रलाई विवाद तथा द्वन्द्वमा लैजान खोजिएको त्यसलाई कसरी समाधान गर्न समितिलाई आग्रह गरेका थिए । सुझाव संकलनका लागी समितिका सभापति अम्मर बहादुर थापा सदस्य डिगबहादुर लिम्बु,रेखा शर्मा,सरिता भुसाल,दिपा शर्मा र समितिका सदस्य सचिव दशरथ धमला लगायतको टोली दैलेखको पुगेको थियो ।