Loading... आजः बिहिबार, माघ १०, २०८१
Trending

बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री


दैलेख  :   विद्यार्थीलाई जाडोबाट बच्न न्यानो कपडा तथा शैक्षिक समाग्री वितरण गरिएको छ । जिल्लाको नारायण नगरपालिका –३ मा रहेको पञ्चदेव आधारभुत विद्यालय र तामाखानी आधारभुत विद्यालयकाका ६० जना विद्यार्थीलाई ट्रयाकसुट र शैक्षिक समाग्री वितरण गरिएको हो ।
पञ्चदेवल आधारभुत विद्यालयमा कक्षा पाँच सम्म अध्ययन गरी हाल रोजगारीको शिलसिलामा दक्षिण कोरियामा रहुनभएका कर्णाली प्रदेश समाज दक्षिण कोरियाका निर्वतमान अध्यक्ष गणेश प्रसाद कोइरालाले आफ्नो बुवा पुण्यप्रसाद कोइराला मार्फत उक्त न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेका हुन । नारायण नगरपालिका–३ मा रहेको पञ्चदेव आधारभुत विद्यालयमा दलित समुदायका धेरै बालबालिका पढ्ने र आर्थिक अबस्था कमजोर भएका कारण न्यायो कपडा र शैक्षिक समाग्री किन्न नसक्नेहरुलाई छनोट गरी सामाग्री वितरण गरिएको कोइरालाले बताए । उनले भने आफुले अध्ययन गरेको विद्यालयमा सहयोग गर्ने उद्देश्यले सामाग्री खरिद गरी वितरण गरिएको छ ।
नारायण नगरपालिका–३ तामाखानी आधारभुत प्रा विका २० जनालाई समेत न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिलक कोइरालाले बताए । उनले आर्थिक समस्याका कारण जाडोको जोखिम मोलेर विद्यालय आउने बालबालिकालाई न्यायो कपडा र शैक्षिक सामाग्री प्रदान गरिएको बताए । उनले भने घाम नलागेको दिन विद्यालय नआउने समस्या भोग्ने बालबालिका नियमित विद्यालय आउन उत्साह थपीएको छ । नारायण नगरपालिका–३ वडाध्यक्ष चन्द्रप्रसाद उपाध्यायले आर्थिक अबस्था कमजोर भएका बालबालिकालाई सबैले सहयोग गरी उनीहरुलाई नियमित विद्यालय आउने बाताबरण बनाउनु पर्ने बताए । उनले यहि विद्यालयमा पढेर विभिन्न मुलुकमा रोजगारीको शिलसिलामा बाहीर गएकाहरुले आफ्नो तर्फ बाट सक्दो सहयोग गर्नुपर्ने बताए ।
त्यस्तै उद्योग बाणिज्य संघ दैलेखका बरिष्ठ उपाध्यक्ष नरेन्द्र थापाले जन्मदिनको अवसरमा तामाखानी प्रा विका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका थिए ।