Loading... आजः बिहिबार, माघ १०, २०८१
Trending

हराएको एक हप्ता पछि मृत भेटिए किशोर किशोरी


दैलेख  :  एक हप्ता देखी बेपत्ता भएका किशोर किशोरी मृत भेटिएका छन । पुसको १३ गते बाट बेपत्ता भएका उनीहरु घर नजिकैको तुसोरे जंगलमा मृत्य फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । कालिकामा माध्यामिक विद्यालय भगवतीमाई गाउँपालिका–४ मन्घरमा कक्षा दशमा पढ्ने मनसिहं विक र कक्षा नौ मा पढ्ने शर्मिला थापा एक हप्ता देखी बेपत्ता भएका थिए ।
कालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक कर्ण बहादुर थापाले एक हप्ता सम्म पनि विद्यालयमा नआएपछि परिवारलाई खवर गर्दा समेत घरमा नभएको कुरा आएपछि खोजी गरिएको बताए । उनले खोज्दै जाँदा जंगलमा एक डोरीमा बाधिएर आत्महत्या गरेको पाइयो प्रेम सम्बन्धमा रहेको आंशका गरिएको छ ।
शर्मिला थापाका आफन्त समेत रहेका प्रधानाध्यापक थापाले शवको पोष्टम्यार्टम गर्न केटापक्षले आनाकानी गरेको बताए । उनले जातीय विभेदको कुरा ल्याएर केटापक्षले आनाकानी गरेपछि पोष्टम्यार्टम गर्न नसकिएको बताए । उनले भने केटा र केटी संग आत्महत्या गरेका कारण केटापक्षले नै केटीको समेत काजक्रिया गर्ने कुरा केटी पक्षले गरेको र केटापक्षले पोष्टम्यार्टम गर्दा गर्भमा बच्चा भएको खण्डमा मात्र आफुहरुले काजक्रिया गर्ने केटापक्षको अडान रहेको छ ।
दलित अधिकारकर्मी तथा अगुवा जय बहादुर बिकले जातीय बिभेदकै किशोरको मृत्यु भएका कारण सहजै पोष्टम्यार्टम गर्न नसकिने बताए । उनले विभेदकै कारण दुई वटै बालबालिकाको मृत्यु भएको बताउँदै यस्ता खालका घटना नदोहोरीन राज्यमा बस्ने जिम्मेवार ब्यक्तिहरुले बिभेद अन्त्यका लागी साझा प्रतिबद्धता नगर्दा आफुहरु शव नबुझने बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सुनिल दहालले किशोर किशोरी दुबैको मृत्यु भएका कारण शवको ब्यबस्थापन पहिला कारण भएको बताए । उनले दुबै पक्षलाई क्षती भएका कारण दुबै पक्ष सहमतीमा आएर शवको पोष्टम्यार्टम गर्नका लागी प्रहरीले सहजीकरण गरिरहेको बताए । प्रहरीले शनिवार शव पोष्टम्यार्टमका लागी जिल्ला अस्पतालमा ल्याइसकेको छ ।