Loading... आजः बिहिबार, माघ १०, २०८१
Trending

जेष्ठनागरिकको निःशुल्क स्वास्थ्य परीक्षण


कमल शर्मा
दैलेख  :  नारायण नगरपालिका दैलेखले नगरपालिकाका ११ वडाका जेष्ठ नागरिक र दिर्घरोगीहरुका लागी निःशुल्क स्वास्थ्य परीक्षण संगै औषाधी वितरण गरेको छ । नारायण नगरपालिकाको आर्थिक वर्ष ०८१÷८२ को वार्षिक कार्यक्रम अनुसार जेष्ठनागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नारायण नगरपालिकाले जानकारी दिएको छ ।
नारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले नगरपालिकाका ११ वटै वडाका जेष्ठनागरिकहरुको तीन –तीन महिनामा स्वास्थ्य परीक्षण गरी आवश्यक पर्ने औषधी वितरण गरेको जानकारी दिए । उनले मंसिर महिनामा नगरपालिका ११ वडामा गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा एक हजार १३५ जना जेष्ठनागरिकको स्वास्थ्य परीक्षण गरिएको बताए । उनले भने पुस महिनामा गरिएको स्वास्थ्य परीक्षणमा एक सय ३५ जनाले सेवा लिएका छन ।
प्रत्येक वडामा रहेका जेष्ठनागरिक र दिर्घरोगीहरुलाई सम्बन्धित वडा कार्यालय वा अन्य विद्यालयमा जम्मा गरेर स्वास्थ्य परीक्षण गरेको र जेष्ठनागरिक सँगै अन्य साधारण नागरिकको समेत स्वास्थ्य परीक्षण गरेको स्वास्थ्य शाखा प्रमुख खड्काले बताए । उनले थपे तीन तीन महिनामा स्वास्थ्य परीक्षण गरी औषधी वितरण गर्ने गरिएको भएपनि पुस महिनामा दमका बिरामीलाई समस्या हुने भएपछि पुसको महिना समेत स्वास्थ्य परीक्षण गरी औषधी दिएका छौँ ।
नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले स्वस्थ्य बृद्धा नगरको शान,बदलौ समाज राखौँ ज्ञान भन्ने मुल नाराका साग जनताको स्वास्थ्य प्रमुख प्राथमिकतामा राखेर नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताए । उनले नगरपालिकाका अभिभावकलाई टोल वा वडा कार्यालयमा बोलाएर स्वास्थ्य जाँच तथा औषधी वितरण गरिएको बताए । उनले भने नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा जेष्ठनागरिक र दिर्घरोगीहरुको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम,असल आमा प्रोत्साहन कार्यक्रम,गर्भवती सँग उप मेयर भेटघाट कार्यक्रम,गर्भवतीलाई आवश्यक पोसिलो खाने कुरा वितरण जस्ता कार्यक्रम सञ्चालन गरेका छौँ । हाम्रो पहिलो प्राथमिकता नगरपालिकामा देखिएको कुपोषणको अवस्थालाई शून्यमा झार्ने र जेष्ठ नागरिकलाईलाई हेरचाँहा गरी उहाँहरुको स्वास्थ्यको नियमित परीक्षण गर्ने नगरपालिकाले गरेको शर्माको भनाइछ ।
स्वास्थ्यकर्मीको टोलीले घरमै पुगेर चेकजाँच र आवश्यक औषधी वितरण गर्न थालेपछि जेष्ठनागरि र दिर्घरोगीहरु समेत खुसी भएका छन् । नारायण नगरपालिका १० भवानीका ८३ वर्षीय बली राम बस्नेतले स्वास्थ्यकर्मीले घरमै पुगेर प्रेसर,सुगर,दम लगायतका रोगको चेकजाँच पछि आवश्यक औषधी दिएको बताए । उनले भने हामी ज्येष्ठ नागरिकका लागि नगरपालिकाले गरेका कार्यक्रम बाट आफुहरुलाई राहत मिलेको छ ।